अनलाईन पढाउने अवस्था छैनः मन्त्री सुवेदी

सुदूरपश्चिमका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले प्रदेशमा इन्टरनेटको सुविधा राम्रो नभएको बताउँदै आफ्नो प्रदेशमा अनलाइन कक्षा सञ्चालन गर्न नसकिने उल्लेख गरेका छन् । शिक्षा पत्रकार समूहले आयोजना गरेको भर्चुअल प्रेस मिटमा मन्त्री सुवेदीले लकडाउन नखुल्दासम्म शैक्षिक गतिविधि गर्न नसकिने बताएका छन् ।
सुदूरपश्चिममा कोरोना संक्रमित बिरामी उपचारपछि घर फर्किसकेको र नयाँ संक्रमित नभेटिएकाले लकडाउन नलम्बिने अनुमान गरी लकडाउन खुलेपछि नै विद्यार्थी भर्ना र नियमित कक्षा संचालन गर्ने निर्णयमा पुगेको देखिन्छ।
कोरोना संक्रमण फैलिएर लकडाउन महिनौ लम्बिने स्थिति आए रेडियोबाट कक्षा संचालन गर्नेबारे सोँच बनाइएको मन्त्री सुवेदीले जानकारी दिए ।
सुदूरपश्चिमका १ सय १२ विद्यालय भवन अहिले क्वारेन्टाइनमा परिणत भएका छन् । कोरोना संक्रमण सकिएपछि ती विद्यालयहरु सरसफाई गरी सेनिटेराइज गरेर संचालनमा ल्याउने उनको भनाई छ ।
सुदूरपश्चिम सरकारले आउँदो आर्थिक वर्षको बजेटमा शिक्षा र स्वास्थ्यको प्रदेश बजेट बृद्धि गर्न लागेको बताइएको छ । विद्यालय पूर्वाधार विकास र प्रविधिका लागि बजेट बृद्धि गर्न लागेको उल्लेख गर्दै उनले भने, ‘गत वर्ष ८८ विद्यालय निर्माण गर्यौँ । यो वर्ष पनि ६४ विद्यालय निर्माण हुँदैछन् । अब सुदूरका कुनै पनि विद्यार्थी खुला चौरमा बसेर पढ्नुपर्ने छैन ।’ साथै प्रदेशमा भएका ४ तालिम केन्द्रमध्ये हाल दिपायलबाट प्रविधिसँग जोडेर शिक्षक तालिम दिइरहेको उनले उल्लेख गरे ।
:390 Views
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चालु
निओ फ्युजन इन्सिच्युटका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव