लाइन्स क्लब अफ प्रिन्सिपल्सको अध्यक्षमा कृष्ण कार्की

भक्तपुर । विश्वव्यापी सस्था लाइन्स क्लब इन्टर्नेशनल अन्र्तगत “लाइन्स क्लब अफ भक्तपुर प्रिन्सिपल्स” को हालै सम्पन्न अधिवेसनले २०२०—२०२१ का लागि कृष्ण कार्कीको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ । जस अन्तर्गत प्रथम उपाध्यक्षमा सुमन बस्नेत, द्धितीय उपाध्यक्षमा डिल्लीराज जोशी, तृतीय उपाध्यक्षमा गणेशबाबु पोखरेल, कोषाध्यक्षमा राजन कस्पाल, सचिवमा बिष्णु (बिनु) गोदारथापा, सह कोषाध्यक्षमा बिनोद काफ्ले सहसचिवमा टंक सिटौला, प्रवक्तामा एन के श्रेष्ठ चयन भएका छन् । लाइन्स क्लब अन्तर्गत बिशेष क्लबको दर्जामा रहेको यस लाइन्स क्लब अफ प्रिन्सिपल्सले अन्य कार्य सहित शिक्षामा बिशेष कार्य गर्ने अध्यक्ष कृष्ण कार्कीले बताए ।

:340 Views

Leave a Reply