काठमाडौं नेशनल प्याब्सनले शिक्षकहरुलाई अनलाइन तालिम दिने

काठमाडौं । काठमाडौं नेशनल प्याब्सनले संस्थामा आबद्ध विद्यालयका शिक्षकहरुलाई अनलाइन आइसिटी तालिम जेठ २२ देखि २७ गतेसम्म दिने भएको छ ।

नोबेल भाइरस (कोभिड १९) का कारण देशका सम्पूर्ण शैक्षिक संस्थाहरु चैत्र ७ गतेदेखि बन्द छन् । बैशाखको पहिलो हप्ताबाट सुरु हुनु पर्ने शैक्षिक सत्र लक डाउनको कारणले सुरु हुन सकेको छैन । शिक्षा, विज्ञान तथा प्रविधी मन्त्रालयले २०७७ जेठ १८ गते प्रेस विज्ञप्ती मार्फत देशभरका विद्यालयहरुलाई बैकल्पिक प्रणालीबाट पठनपाठन गराउन आग्रह गरिएको छ । सोही अनुरुप शिक्षकहरुलाई अनलाइन पठनपाठन गराउन सहयोगार्थ उक्त तालिम दिन लागिएको काठमाडौं नेशनल प्याब्सनका प्रचार प्रमुख राजन श्रेष्ठले बताए ।

विहान ११ बजेबाट सुरु हुने उक्त तालिममा प्रत्येक विद्यालयबाट बढीमा ५ जनाले सहभागिता जनाउन सहिने र जेठ २० गते भित्र रेजिष्ट्रेशन गरिसक्नु पर्ने आयोजकले बताएको छ ।

:302 Views

Leave a Reply