अध्यात्म के हो ? किन आवश्यक छ ?

यहाँ सत्य थाहा नपाउनुको कारण प्रायः मानिस स्वार्थी छन् । त्यस सत्यलाई बुझ्न आफै भित्रबाट सन्तुष्ट हुन अध्यात्म जरुरी छ । हिजो आज विभिन्न कारणले समाज र परिवार खण्डित हुँदै गइरहेको छ । यसमा भैचारा तथा सामन्यात्मक सम्बन्ध विकास गर्न अध्यात्म जरुरी छ । ऋषि मुनिहरूले मानवका निम्ति दिन खोजेको ज्ञान आज समाजले गौण बनाउदै लगेर नजर अन्दाज नै गर्न थाल्यो । वास्तवमा त्यसै भित्र थियो आशा भरोशा र आदर सम्मान । वास्तविक ज्ञानको श्रोत यसरी टाढा हुँदै जाँदा मानिस भित्रै रहेको ऊर्जाको केन्द्र प्रकृतिक तथा दैविक शक्ति जसको अनुभव र महशुषसम्म पनि गर्न नसक्दा आज हरेक मानिसमा निराशा बढ्दै गएको छ । जसले मानिसलाई जीवनबाट विरक्तितर्फ धकेलिरहेको छ । मानवमा डिप्रेसन र आत्माहत्याका घट्ना बढ्दै गएका छन् । यसका लागि आत्म बोध हुन जरुरी हुन्छ । जसका लागि अध्यात्मको विकल्प छैन ।

मानिसमा शक्ति महाशक्तिका बारेमा अझैसम्म पनि केही आस्था र विश्वास पक्कै छ । त्यसैको कारण विपत्ति पर्दा स्वभावलै हे भगवान, हे प्रभु, हरे कृष्ण, राम—राम जस्ता शब्द स्वतः जप्न थाल्दछ । यसको अर्थ आजको दिनसम्म पनि हामी माथि केही शक्तिहरू छन् भन्ने विश्वास भइरहनु हो । वास्तवमा विभिन्न दृश्य तथा अदृश्य भौतिक अथवा सुक्ष्म शक्तिहरूका ऊर्जाबाट हाम्रो अस्तित्व प्राण (श्वास) स्वतः चलिरहेको हुन्छ । जस्तै सूर्यको अंश ग्रहहरू हुन । त्यस मध्ये पृथ्वी पनि एक ग्रह हो । पृथ्वीको सानो अंश कण हामी मनुष्य हौं । जसरी आमाको गर्भमा रहदा आमाबाट प्राप्त ऊर्जाले बालक जिवित हुन्छ । धर्तीमा जन्म लिइसकेपछि प्रकृतिले तयार गरिदिएको आमाको दूधबाट बाहिरी संसारमा पनि जिवित हुन सफल हुन्छ । त्यसरी नै सूर्यको शक्तिबाट पृथ्वी अर्थात प्रकृतिको ऊर्जाबाट हामी जिवित छौं । बरू खाना नखाएर केही दिनसम्म पनि जिवित रहन सक्छौं । तर, एक मिनेट प्रकृतिले श्वास बन्द गरिदिने हो भने जीवन लिला त्यही समाप्त हुन्छ । अध्यात्मको एड्भान्स कोर्षमा यस ज्ञानलाई गहिराइमा सुक्ष्म अनुभवका साथमा अध्यापन गराइन्छ । यदि सहि ठाउँमा तालिम लिन पुग्यौ भने । यस ज्ञानलाई हामीले लिएर हाम्रा सन्ततिलाई हस्तान्तरण गर्नका निम्ति अध्यात्म जरुरी छ । हिजोआज मानिसले म भगवान मान्दिन, वेद या शास्त्र मान्दिन भन्ने गरेको सुनिन्छ । नभनुन पनि कसरी ? केही थाहै छैन् । सबै कुरा नमाने पनि हुन्छ तर आफूँले जन्म पाउँदा कुन शक्तिले साथ दिए । माता र पिताको संघर्षमय योगदान कति थियो बुझ्न सक्नुपर्छ । माता प्रकृति र पिता प्राण दाताको संयोजनबाट प्राणीको नयाँ संरचना बन्दछ । यो साँच्चिनै प्रकृतिबाटै जिवन्त रहन्छ । यस अकाट्य कुरालाई नजान्दा समाजमा अहंकार,हिंसा, अपराध, देखावटिपन, भ्रष्टाचारसहितका विकृति जन्मिन थाल्छ । वैज्ञानिक आधारमा साधना सुरु गरेको २१ देखि ४१ दिन भित्रनै मानिस भित्रको शान्ति खुल्न थालेको हुन्छ । अर्थात, ध्यान मार्फत भित्रि चेतना कुनै शक्तिसँग जोडिएर शून्यतामा हराउन वा केही अनुभाव गर्न थालेको हुन्छ । त्यसका लागि प्रकृतिको नीति नियमलाई आत्मसाथ गरेर संकल्प लिन जरुरी हुन्छ कि म सधै मनुष्यले गर्नुपर्ने आचारणलाई आत्मासाथ गर्दै केही समय धैर्यपूर्वक एकाग्र चित्त भै ध्यान गर्छु भनेर ।

मानिसलाई आनन्दित तुल्याउने गुण
विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले दैनिक कम्तीमा २० मिनेट ध्यान नगर्ने मानिस अबको दिनमा मानसिक रोगी बन्दछ भन्ने निष्कर्ष निकालेको छ । सुरुमा ध्यान नलागे पनि पछिपछि ध्यान नगर्दा भात नखाएझै हुन्छ । अर्थात, ध्यानबाट प्राप्त गरिने आनन्दलाई कुनै पनि खुशीसँग तुलना गर्न मिल्दैन । किनकी ध्यानमा डुब्दा मनिसको मस्तिष्कबाट सेराटोनिन, डोपामाइन केमिकलहरु (आनन्दमय रस) निस्किन्छन् । त्यसको काम नै जे गरे पनि आनन्द, खुशी मस्त बनाइ रहनु हो । भागवत गीतामा कलियुगका लागि कृष्णले छैटौं अध्यायमा अर्जुनलाई भन्नुभएको छ ‘‘मानिस परमात्मालाई चाहन्छ भने सुरुवात र अन्त्य दुबै ध्यान नै हो । भौतिक सफलताले मानिसलाइ क्षणिकका लगि मात्र खुशी दिन्छ । यो सफलता जसले प्राप्त गर्दछ उसलाई मात्रै यो सबै थाहा हुन्छ । जसलाइ यसको विश्वास लाग्दैन ती सबै सामान्य मानिस हुन् । तिनले जे गर्छन् जे भन्छन् तिमी त्यसकोपछि नलाग्नु ।’’

खुशी र आनन्द फरक कुरा हुन । आजका मानिस आफू भित्रै संचित रहेको आनन्दलाई खोल्तल्नै नजानेर सपिङ मलमा खुशी किन्न जाँदै छन् । यदि मानिस भित्रैबाट सन्तुष्ठ भैसकेको छ भने मात्र त्यो खुशी साँच्चैको खुशी हुन सक्छ । यदि भौतिक सुखका लागि हामी सपना बुनिरहेका छौं भने त्यो पूरा हुनासाथ खुशी सकिन्छ र अर्को योजना बनाइहाल्ने मानिसको स्वभाव हुन्छ । मस्लोले उनको सिद्धान्तमा भनेका छन्— ‘‘मानिस सधै संघर्ष नै गरिरहेको हुन्छ । आधारभूत आवश्यकता पूरा नहुन्जेल त्यो पूरा गर्नका लागि र पूरा भइसकेपछि त्यो भन्दा माथिको आवश्यकता पूरा गर्नका निमित्त दौडिरहेकै हुन्छ । यसकै परिणाम भ्रष्टाचार भैरहेको हुन्छ समाजमा । त्यसकारण असन्तोष ल्याउने मन मस्तिष्कलाई आफूँ भित्रैबाट ऊर्जाले सन्तुष्ट बनाउन सक्नु पर्छ । यदि मन र मस्तिष्क भित्रबाट आनन्दित छन भने बाहिरी कुराले त्यति मतलव राख्दैन । यसका लागि अध्यात्म आवश्यक छ । अध्यात्मको बाटो अंगाली सकेका मानिस कुनै पनि आवश्यकता पूरा नहुँदा नत त्यसको कारण खोज्न आक्रोशित हुन्छन । नत द्वन्द्वनै गर्ने सोच बनाउँछन् । यस्तो व्यक्तिमा जुन सुकै अवस्थामा पनि संयमित भइरहन सक्ने क्षमताको विकास हुँदै जान्छ र अरुका लागि पनि केही गरौ भन्ने सोचाई राख्दछन । किनकी ध्यान भित्रबाट प्राप्त ज्ञान सत्य हुने हुदा मानिसमा स्वतः नै सात्विक ज्ञान प्रदत्त हुन्छ । यसको अर्थ गलत र सहि व्यवहारको अवगत हुने हँुदा एक सहि व्यक्तिबाट अरुमा सकारात्मक व्यवहार बढ्दै गएर समाजमा सत्भावको प्रादुर्भाव हुन पुग्छ ।

मानिसमा सात्विक ज्ञानको बिजारोपण हुन पुग्यो भने म को हुँ, कुन कारणले पृथ्वी लोकमा मनुष्य जुनिमा जन्म लिन पुगे ? म भित्रको अस्तित्व के हो, मेरो कर्तव्य के हो भन्ने खालका प्रश्न ऊ भित्रै उब्जिन थाल्दछ । त्यसपछि भौतिक आवश्यकता नगन्य, गौण, समुद्रका छेउमा एक थोपा पानीको खोजी गर्नु जस्तै हुन्छ । इच्छा आकांक्षाले स्थान बदल्छ । त्यसपछि मोक्ष्य प्राप्तिको बाटो खोतल्न जाने इच्छा जन्मिन थाल्दछ । यहाँ पुग्दा आफ्नो शरीरनै सामान्य लाग्न थालिसकेको हुन्छ । मृत्युसँगको भय पनि हटेर जान्छ । आफूँलाइ खाली, शून्य केही होइन जस्तो लाग्न थाल्दछ । त्यस अवस्थामा पुग्नु भनेको सबै भौतिकता र जीवनलाइनै जित्न सक्नु हो । अध्यात्मको उद्देश्य नै यस मनुष्य रुपी दुःख, कष्ट र भयको जीवनबाट मुक्तभै दिव्य अलौकिक लोकमा यात्रा गर्न लायक उच्चतम बिन्दूमा पुर्याउनु हो । मैले यहाँ त्यस्ता महान आत्मा पनि देखेकी छु जस्ले मानव सरीरमै हुँदा विभिन्न देबी देवताका लोक परलोकमा पनि सवार गर्दा रहेछ्न। तर त्यस दिब्य धामको स्मरण सम्म पनि गर्न नसक्ने मनुष्यलाई त यो धेरै टाडाको कुरा हो। बिश्वास पनि लाग्दैन होला । नजाने पछी बिश्वास नलाग्नु पनि स्वभाबिककै हो। मनुष्य जुनिमा जन्म लिएर गुमनाम हुने त हजारौं छन् । तर, आफूँलाई विशेष बनाउने कोसिस भने आफैँले नै गर्नुपर्छ । जिवित हुँदै प्राप्त गरेको कुरानै शरीर छोडे पछी पाउने हो। मर्ने बेलामा त सबैलाई बुध्द्धि आउँदो रहेछ, पछुतो र छट्पट्टि पनि हुदोरहेछ । तर त्यो जिर्ण शरीर्ले प्राप्त हुने गरि नत साधनानै गर्न सक्छ नत कर्मै। सत्कर्म गरेर पनि मानिसले आफ्नो संचित कर्म त सुधार गर्न सक्ला तर भगवान र उनिहरुको मार्ग् दर्शन प्राप्त गर्न सक्दैन ।

यो समयमा यस्ता कुरा सुन्दा कतिलाई विश्वासै नहोला तर यो लेख सिद्ध पुरूष, तेस्रो आँखा खुलिसकेका र ब्रम्हत्व प्राप्त गरिसकेका महात्माहरूले पनि पढ्नु हुने हुँदा शंका गर्नुपर्ने छैन । मानिसले अध्यात्मको सहि मार्ग प्राप्त गर्यो भने कुनै धर्ममा लाग्नु, देवीदेवताको पूजा गर्न मन्दिर धाउनु, भजन कीर्तन गरेर वर्षौ बिताउन आवश्यक पर्दैन । अत्यात्म सिधा मार्ग हो । यो ज्ञान लिएर स्वयम् आफँैले साधनाको माध्यमबाट प्राप्त गर्न सकिन्छ।

दुई बर्ष अगाडि त्रिकुटानन्द गुरुदेवसँग बिसौं बर्ष अगाडि शरीर छोड्नु भएकी मेरी आमाको आत्माले उहाँको हालको अवस्था र मेरा बारेमा बताउनु भएको थियो । साथै मेरा तिन जना भाई बहिनी जसको बिहे गरिदिन नसकी शरीर छोडनु परेको दुखेसोसम्म पनि पोख्नु भएको थियो । ति महान आत्माले त्यस् समयमा मलाई राम्रोसँग चिन्नु भएको थिएन । यस तहको ज्ञान कम मानिसमा मात्र हुने गर्छ । त्यस्ता महामानवहरू सामान्य मानिसलाई पत्याउन गाह्रो हुने हँुदा र भित्रदेखि शान्त भैसकेको हुने हुँदा र भित्रि रहस्यहरू बताउन चाहदैइनन् । तर, त्यस्ता महान आत्माहरूले पूर्व जन्मका बारेमा वा कसैका पितृहरूका बारेमा आफ्ना सत्संङहरूमा सधैं बताइरहेका हुँदा रहेछन । यो त सामान्य पो हँुदो रहेछ । मलाई पनि पहिला थाहा थिएन । बीचको केही समय मानिसमा अध्यात्मको ज्ञान हराउँदै गएको भए तापनि आज को दिनमा आध्यात्मिक मानिसको संख्या बढ्दै गएको देख्न सकिन्छ ।

नेपालमा सबैले चिन्ने व्याक्तिहरूको नाम लिनु पर्दा नायक निखिल उप्रेती, पत्रकार विजय कुमार पाण्डे, हास्य कलाकार मनोज गजुरेल, उद्योगी बिनोद चौधरी लगायत पनि आध्यात्मिक व्यक्ति हुन । जसले भौतिक सफलता हासिल गरिसकेका छन् । यहाँ समाजले नबुझेको कुरा के छ भने अध्यात्ममा लागियो भने भौतिकतामा सफलता प्राप्त हुँदैन् । अर्थात अध्यात्मिक अध्ययनका निमित्त आफूले गरिआएको काम धन्दा, घरबार छोड्नु पर्छ भनेर । तर, यो नितान्त गलत सबाल हो । यसको ज्ञान कुनै तहको कोर्षमा नराख्नुका कारण पनि यसलाइ आजका मानिसले नबुझेको हो । यस ज्ञानलाई कोर्षमा नराख्नुनै गंभिर त्रुटि गरिनु हो । पहिलेपहिले जब गुरु सिष्यको परम्परा थियो । त्यस समयमा यो ज्ञान थियो भन्ने बुझिन्छ । जब विद्यालयको परम्परा सुरुवात भयो । त्यसपछि अत्यात्म ज्ञानको अन्त्य भएको सुन्न पाइन्छ । असन्तुष्ट मानिसले जोगीको नाम दिएर यस ज्ञानका महामानवलाई दोष दिइरहेको देखिन्छ । यो गर्नु भनेको आफू पहिलै दूषित थियो । अझै बुझ्न नखोजि त्यसमाथि आफँैमा कुरुपता थप्नु हो । जब मानिस आफू नै असन्तुष्ट छ भने उसले के बाढ्छ त ? अरुको चियोचर्चो खोजी गर्नु भनेको नै त्यो मानिसमा ज्ञानको कमी छ भनेर बुझ्न सकिन्छ । इश्वरीय अवस्थालाई प्राप्त गरिसकेको मानिस न त कोहीबाट आशा नै राख्छ न कसैको निन्दा गर्छ ।

समाजमा ज्ञान र आत्म सन्तुष्टिकै लागि विभिन्न यज्ञ, पुराण, महापुराणहरू लगाउने गरिन्छ । ती सबैको अन्तिम सार तत्व पनि अध्यात्मिक ज्ञानकै प्राप्ति हो । तर, कतिपय आधुनिक व्यास गुरुहरूले यस तत्वलाई प्राप्त गर्ने कला नजानेर मूल शक्तिलाई प्राप्त गर्न नसक्नुको कारण यो रहस्यलाई बुझाउन नै नसकी परापूर्व कालमा भएका सुक्ष्म युद्धहरूका कहानीलाई जोडी दिएर ७ दिन या १८ दिन यतिकै समाप्त भएको प्रसस्त उदाहरण छन् । यसरी महायज्ञ गर्नुको पनि कुनै अर्थ रहँदैन् । त्यस कुरालाई प्राप्तिका लगि विभिन्न धार्मिक समूह बनाएर भजन कीर्तन गर्ने गरेको पनि देखिन्छ । भाजन गर्दैमा भगवान खुशी हुदैनन् । काजक्रिया गर्नुको पनि फरक उद्देश्य छ । काजक्रियाका समयमा ती आत्माहरूसँग कुरा गर्न सकिन्छ यदि दिव्य दृष्टि खोल्ने हो भने । यो दिव्य दृष्टि खुल्नु भनेको पनि कुनै असंभव कुरा होइन । तर, एकै पटक अन्तिम बिन्दूमा पुग्ने सपना बनाउनु भने गलत हुन जान्छ । यसका लागि धैर्यताका साथ निरन्तर साधनाको जरुरत पर्दछ । ध्यानबाट विभिन्न शक्तिसँग जोडिन सकिन्छ । यदि हामीले ध्यानबाट अध्यात्म भित्रको रहष्यलाइ खोतल्न सक्यौ भने यो मानव जीवन बहुमूल्य रहेछ भन्ने थाहा हुनेछ । जानिएन भने अनावश्यक सानो बन्धन मै अल्झिएर त्यो अनन्ततालाई प्राप्त गर्न सक्ने जीवन निरर्थक भै थाहै नपाइ समाप्त हुन पुग्छ । हरेक सफलतालाई हात पार्न अथक परिश्रमको त आवश्यक्त पर्छ नै । मानव जीवन बुझ्न सके यति बहुमूल्य छ कि यहि जीवनमा देव शरीर बनाएर हास्दै मृत्युलाई सहज स्वीकार गर्न सक्ने अर्थात पहिल्यै योजना गरेर तिथि मिति तोकेर शरिर छोड्न सक्ने अर्थात समाधि लिनेसम्म क्षमता हुन्छ मानिसमा ।

पुष्पा रिजाल
अध्यात्मिक प्रशिक्षक
मन्टेश्वरी तालिम प्रशिक्षक
प्रिन्सिपल, सिटि मन्टेश्वरी

:159 Views

Leave a Reply