नेसनल मेडिकल कलेजले माग्यो विद्यार्थीसँग १६ लाख अतिरिक्त शुल्क, रकम नदिने विद्यार्थी परीक्षा फारम भर्न वञ्चित

वीरगन्जस्थित नेसनल मेडिकल कलेजले पोस्टग्र्याजुएट (पिजी) अन्तिम वर्षमा अध्ययनरत विद्यार्थीसँग झन्डै १६ लाख अतिरिक्त शुल्क मागेको छ । रकम नदिने विद्यार्थीलाई परीक्षा फारम भर्नसमेत बन्देज लगाइएको छ ।

त्रिभुवन विश्वविद्यालय डिन कार्यालयले पिजीका लागि ३० लाख ९९ हजार तीन सय ९६ शुल्क तोकेको थियो । सर्वोच्च अदालतले पनि २६ असार ०७४ मा डिन कार्यालयले तोकेको शुल्क मात्रै लिन“ भनेर कलेजका नाममा परमादेश दिएको थियो । त्यतिखेर कलेजले पनि त्यति रकम लिने निर्णय गरेको थियो । त्यसबाहेक कलेजले तोकेको तीन वर्षको छात्रावास शुल्क दुई लाख ४० हजार पनि विद्यार्थीले तिरेका छन् ।

तर, अहिले अन्तिम वर्षको परीक्षाको मुखमा कलेजले प्रत्येक विद्यार्थीसँग तीन वर्षको ४९ लाख ३४ हजार तीन सय ९६ रुपैयाँ मागिरहेको छ । पहिलो वर्षमा ६ लाख ३५ हजार, दोस्रो वर्षमा पाँच लाख ८० हजार र तेस्रो वर्षमा तीन लाख ८० हजार बढी मागिएको छ । तेस्रो वर्षमा २३ विद्यार्थी अध्ययनरत छन् । सबै विद्यार्थीसँग गरेर कलेजले यो ब्याचबाट तीन करोड ६६ लाख ८५ हजार बढी शुल्क उठाउन खोजेको छ ।

कलेज सञ्चालक बसुरुद्दिन अन्सारी भन्छन्–
अनुशासनको कारबाहीले फारम भर्न रोकिएको हो तेस्रो ब्याचका विद्यार्थीमध्ये दुई ब्याचका विद्यार्थीमाथि अनुशासनको कारबाही गरिएको छ । कोभिड–१९ को समयमा अध्ययनका लागि विद्यार्थीहरू कलेज नआएपछि कारबाही गरिएको हो । केहीले फारम भरेका छन्, केहीले भरेका छैनन् । सुरुवातमा हामीले सरकारले तोकेअनुसार नै रकम लिएको हो । होस्टेल, भर्नालगायत शीर्षकको शुल्क पनि उनीहरूले तिर्नुपर्छ । त्यही रकम अहिले माग गरिएको हो । विगत दुई वर्षमा तिर्दै आएको भए अहिले समस्या हुने थिएन । पहिलो वर्ष केही रकम तिरेर मात्रै अहिले कहाँ हुन्छ रु कोभिडमा सबै चिकित्सक आइरहेका छन्, तर विद्यार्थी आएका छैनन् । अधिकांशको हाजिर पुगेको छैन । हाजिर हजार दिन पुग्नुपर्छ । प्रत्येक वर्ष १५ दिन मात्रै उनीहरूले छुट्टी पाउने हो । तीनदेखि ६ महिनासम्म कक्षामा अनुपस्थित भएकाले कारबाहीस्वरूप फारम भर्न नदिएको हो । विभागलाई नटेरेपछि विभागीय कारबाही गरिनु स्वाभाविक हो । अब उनीहरूले ६ महिनापछि मात्रै परीक्षा फारम भर्न पाउँछन् ।

रकम नदिने विद्यार्थीलाई कलेजले तेस्रो वर्षको परीक्षा फारम भर्नबाट वञ्चित गरेको छ । ‘हामीसँगैका साथीहरू युनिर्भसल मेडिकल कलेजमा अध्ययन गर्छन् । उनीहरूसँग अतिरिक्त रकम नलिई कलेजले फारम भराएको छ । तर, हामीले मागेअनुसारको रकम नतिर्दा फारम भर्न प्रतिबन्ध लगाएको छ, पीडित एक विद्यार्थीले भने । तेस्रो वर्षको फारम भर्ने समय गत मंगलबारसम्म थियो । डिन कार्यालयले फारम भर्ने मिति १७ असारसम्म समय थप गरेको छ ।

कलेजले यसअघि नै विद्यार्थीसँग अतिरिक्त शुल्क माग्न थालेको थियो । तर, विभिन्न चरणका आन्दोलन र सरकारको दबाबका कारण रोकिएको थियो । तर, अन्तिम वर्षको परीक्षा फारम भर्ने समयलाई भने कलेजले हतियार बनाएको छ । ‘हामीले कलेजलाई जम्मा तिर्नुपर्ने रकम ३१ लाख रुपैयाँ मात्रै हो । त्यसबाहेक छात्रावासमा बसेको तीन वर्षको दुई लाख ४० हजार पनि तिरिसकेका छौँ । अब कलेजलाई बुझाउनुपर्ने एक ?पैयाँ बाँकी छैन । तर, योबाहेक पनि थप १५ लाख ९५ हजार मागिरहेको छ,ु एक विद्यार्थीले भने । तेस्रो वर्षमा अध्ययनरत तीन विद्यार्थीले कलेजले मागेको अतिरिक्त रकम तिरेरै फारम भरेका छन् । शुल्कका विषयमा ६ महिनादेखि विद्यार्थी र कलेजबीच छलफल भइरहेको छ । कलेजले आफ“ले तोकेको शुल्क लिने अडान राख्दै आएको थियो । विद्यार्थीले भने सरकारले तोकेको रकम मात्रै तिर्ने बताउँदै आएका थिए । उनीहरूले सबै शुल्क तिरिसकेकाले फारम भर्न पाऊँ भन्दै कलेजलाई लिखित पत्र दिएका छन् ।

source : nayapatrika

 

:103 Views

Leave a Reply