विद्यालयको शुल्क भुक्तानी गर्न निजी विद्यालयको आग्रह

काठमाडौं, ७ असार– निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (एन–प्याब्सन) ले अभिभावकहरुलाई विद्यालयमा बुझाउनु पर्ने शुल्क बुझाउनका लागि अनुरोध गर्दै विज्ञप्ती निकालेका छन् ।
प्याब्सन अध्यक्ष टीकाराम पुरी र एन(प्याब्सन अध्यक्ष ऋतुराज सापकोटाद्वारा जारी विज्ञप्तिमा २०७६ सालको बाँकी बक्यौता सम्भव भएसम्म चुक्ता गर्ने, २०७७ सालको विद्यालयमा बुझाउनुपर्ने शुल्क भुक्तानी गर्ने जस्ता आर्थिक गतिविधिमा सहभागी भई विद्यालयलाई अधिकतम सहयोग गर्न आग्रह गरिएको छ ।
लकडाउनका कारण विद्यालयहरु लगातार बन्द रहँदा विद्यालयको आम्दानी शून्य भएको तथा विद्यालयहरुमा आश्रित २ लाखभन्दा बढि शिक्षक–कर्मचारी तथा उनीहरुका परिवारजनको जीवनयापनमा समस्या भएकाले तथा भाडामा सञ्चालित विद्यालयहरुले भाडा तिर्न नसकेको तथा बैंकको ऋणको साँवा–ब्याज र किस्ता बुझाउन नसकेकाले बाध्य भएर अभिभावकसँग अपिल गर्नुपरेको प्याब्सन अध्यक्ष टीकाराम पुरीले बताए । उनले भने –‘ यस्तो अवस्थाले गर्दा मुलुकको शैक्षिक क्षेत्रमा ३० प्रतिशत हिस्सा ओगट्ने निजी शैक्षिक संस्थाको अस्तित्व माथि नै प्रश्नचिन्ह लागेको छ ।’
प्याब्सन र एनप्याब्सनका अनुसार प्रशासनिक खर्च पनि धान्न नसक्ने ४० प्रतिशत निजी विद्यालय बन्द हुने सँघारमा पुगेका छन् । कतिपय ठूला स्कुलले बन्द अवधिको शुल्क लिएपनि साना विद्यालय भने सञ्चालन हुन सक्ने अवस्थामा नरहेको स्वय सञ्चालकहरुकै भनाइ छ ।
यसअघि इष्टु र अभिभावक महासंघले शुल्क उठाएर भएपनि शिक्षक कर्मचारीलाई तलब खुवाउन आग्रह गरिसकेका छन् । दुवै संस्थामा करिब ८ हजार निजी विद्यालय आबद्ध छन् ।
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चालु
निओ फ्युजन इन्सिच्युटका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव