एसईई नतिजा साउन १५ गतेभित्र : परीक्षा बोर्ड

राष्ट्रिय परीक्षा बोर्डले विद्यालयलाई असार २० गतेभित्र माध्यमिक शिक्षा परीक्षा (एसईई)को प्राप्तांक तालिका शिक्षा विकास तथा समन्वय इकाई (साविक जिल्ला शिक्षा कार्यालय)मा पठाउन भनेको छ ।
बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले आगामी साउन १५ गतेभित्र एसईई नतिजा प्रकाशन गर्ने लक्ष्य अनुसार विद्यालयलाई ताकेता गरिएको हो ।
‘माध्यमिक शिक्षा परीक्षा कक्षा १० को विद्यार्थी मूल्यांकन नतिजा प्रकाशन तथा प्रमाणिकरण कार्यविधि, २०७७’ सबै विद्यालयले आफ्ना विद्यार्थीको मूल्यांकन गरी तालिका पठाउनु पर्नेछ ।
‘आ–आफ्नो विद्यालयको कोड राखी एक्सेल फम्र्याटमा विद्यार्थीले प्राप्त गरेको प्राप्तांक क्रमशस् इन्ट्री गरी,’ बोर्डले जारी गरेको सूचनामा छ, ‘मूल्यांकन समितिले तयार गरेको प्रमाणित प्राप्तांक तालिका (मार्क लेजर) असार २० गतेभित्र अनिवार्य रूपमा शिक्षा विकास तथा समन्वय इकाईमा बुझाउनु पर्नेछ ।’
त्यसैगरी समन्वय इकाईहरूले विद्यालयबाट प्राप्त प्राप्तांक विवरण र मूल्यांकन समितिद्वारा प्रमाणित गरी पठाएको ‘मार्क लेजर’ भिडाएर प्रयोगात्मक र सैद्धान्तिक अंकसहित असार ३० गतेभित्र परीक्षा बोर्डमा पठाइसक्नु पर्नेछ । ‘यो २०७६ सालको एसईई भएकाले चाँडो गर्नु पर्नेछ,’ बोर्डका अध्यक्ष पौडेलले भने, ‘भरसक साउन १५ एसईई नतिजा ल्याउन सक्नु पर्छ भन्ने तयारीमा छौं ।’
source : Kantipur
:289 Views
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चालु
निओ फ्युजन इन्सिच्युटका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव