एसईई परीक्षा खर्च फिर्ता पठाउन शिक्षा मन्त्रालयको निर्देशन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रदेशस्थित सामाजिक विकास मन्त्रालयमार्फत् रकम विनियोजन भई सम्बन्धित जिल्लाहरुलाई पेश्की स्वरुप उपलब्ध गराइएको एसईई तयारी खर्च फिर्ता गर्न निर्देशन जारी गरेको छ ।
शिक्षा मन्त्रालयले सातै प्रदेशका सामाजिक विकास मन्त्रालयलाई पत्र लेखी केन्द्राध्यक्षहरुलाई उपलब्ध गराइएको पेश्की रकम फिर्ता माग्न भनेको हो । परीक्षा केन्द्रका केन्द्राध्यक्षहरूले आफनो र सहायक केन्द्राध्यक्षको बढीमा दुई दिनको भत्ता, आन्तरिक बानी, अस्थायी शौचालय निमाण, स्टेशनरी र विविध खर्च शीर्षकमा खर्च भएको भए सोको बील भरपाईसाथ बाँकी रकम शिक्षा विकास तथा समन्वय इकाईको खातामा जम्मा गर्नुपर्ने जनाइएको छ ।
यस्तै, सात दिनभित्र पेश्की फस्र्यौट गर्ने र शिक्षा विकास तथा समन्वय इकाईहरुले जिल्लाको तोकिएको शीर्षकहरुमा भएको खर्चको आवश्यक बील भरपाई हित केन्द्राध्यक्षहरूबाट फिर्ता भएको रकम शिक्षा विकास निर्देशनालयको खातामा यथाशीघ्र जम्मा गरी पेश्की फस्र्यौट गराउने व्यवस्था मिलाउन मन्त्रालयले भनेको छ ।
यता शिक्षा मन्त्रालयको निर्देशन पछि परीक्षा शुल्क बुझाएका विद्यार्थीहरुले पैसा फिर्ता पाइन्छ की पाइदैन भनेर सामाजिक सञ्जाल मार्फत प्रश्न गरिरहेका छन् । विद्यार्थी मात्र नभई विद्यालयका प्रिन्सिपल, सञ्चालकहरुले पनि सामाजिक सञ्जाल मार्फत नै प्रश्न गरिरहेका छन् । मन्त्रालयको निर्देशनमा भने ती प्रश्नका उत्तर पाइएको छै्रन ।
सम्बन्धित अभिलेखहरू
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चालु
‘कन्डम निःशुल्क, प्याडलाई पैसा किन?’
पत्रु खानाले बालबालिकाको सिकाइमा प्रभाव पार्ने विज्ञको भनाइ
निजी विद्यालयका शिक्षकले महिनौदेखि तलब नपाएको गुनासो
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव