पर्वतारोहण विषय अध्यापन गर्ने पहिलो मुलुक नेपाल

– हरिसुन्दर छुकां/ ललितपुर २१ साउन । नेपाल विश्वमै पर्वतारोहण विषय अध्यापन गर्ने पहिलो मुलुक बनेको छ ।
पर्यटन क्षेत्रको ठूलो सम्भावना भएको देश नेपालमा पर्यटन र पर्वतारोहण विषय अध्ययनका लागि क्याम्पस तहमा पर्वतारोहण विषयको अध्यापन सुरु गरिएसँगै नेपाल विश्वमै सो विषयको अध्यापन हुने पहिलो मुलुक बनेको हो ।
नेपालमा गत वर्षदेखि पर्यटन विषयको पठनपाठन सुरु गरिएको नेपाल माउन्टेन एकेडेमीले जनाएको छ । एकेडेमीकी शैक्षिक संयोजक अदिता खनालले गत वर्षबाट पठनपाठन भएको उक्त विषय २३ जनाले अध्ययन गरिरहेको बताइन् ।
कूल ४ वर्षे कोर्स ८ सेमेष्टरमा सकिने एकेडेमीले जनाएको छ । सो विषय अध्ययन गर्न नेपाली विद्यार्थीलाई कूल रु. ६ लाख। सार्क मुलुकका विद्यार्थीका लागि रु. ८ लाख र अन्य मुलुकका विद्यार्थीलाई रु. १२ लाख निर्धारण भएको संयोजक खनालको भनाइ छ ।
‘विश्वमै तालिमको भरमा चल्दै आएको हिमाल आरोहणसम्बन्धी पढाइ नेपालमा शैक्षिकरुपमा अगाडि बढ्नु सकरात्मक रहेको छ । अहिले पर्यटनबारे अध्ययन गर्न विभिन्न मुलुकका पर्यटक नेपाल आउने गरेका छन् ।’
उनले व्यवस्थापन संकायअन्तर्गत रहेर सो विषयको पठनपाठन भइरहेको बताउँदै सो विषयमा बढीभ4न्दा बढी प्रयोगात्मक कक्षा हुने पनि बताइन् । ललितपुरको चापागाउँ जाने सडक टुटेपानीमा रहेको सो एकेडेमीमा पर्यटनसँग सम्बन्धित विषय अध्यापन भएपछि नेपालको पर्यटनलाई अझ व्यवस्थित गर्न सहयोग पुग्ने देखिएको छ ।
नेपाल विश्वमा पर्यटन ‘हब’का रुपमा परिचित भएपनि यस क्षेत्रले खासै गति लिन नसकेको अवस्थामा पर्वतारोहणको विषय अध्यापन हुनुलाई सकरात्मक मानिएको छ ।
पर्वतीय पर्यटन र हिमाल आरोहणको प्रमुख केन्द्रका रुपमा परिचित नेपालमा पर्यटन विषय अध्ययन हुनुले नेपाललाई पर्यटन अध्ययन गन्तव्यका रुपमा पनि चिनाउन सहयोग मिल्ने पर्यटन विश्वविद्यालयका अभियन्ता हिमाल आरोही टासीलाक्पा शेर्पाले बताए ।
माउन्टेन एकेडेमीकी संस्थापक कार्यकारी निर्देशक लाक्पाफूटी शेर्पाले आफ्नो लामो अभियानले सार्थकता पाएको भन्दै नेपालको हिमाल र यहाँको पर्यटनको विश्वबजारमा ज्ञान अभिवृद्धि गर्न मद्दत मिल्ने बताइन् । ‘विश्वमै तालिमको भरमा चल्दै आएको हिमाल आरोहणसम्बन्धी पढाइ नेपालमा शैक्षिकरुपमा अगाडि बढ्नु सकरात्मक रहेको छ । अहिले पर्यटनबारे अध्ययन गर्न विभिन्न मुलुकका पर्यटक नेपाल आउने गरेका छन् ।’
:2026 Views
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चालु
निओ फ्युजन इन्सिच्युटका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव