बहु–आयामिक शैक्षिक कार्यक्रम सहित आयो मनास्लु वल्र्ड कलेज

काठमाडौं । युवा उद्यमीहरुद्वारा स्थापित मनाश्लु टिम अफ इन्टरप्रिनर प्रा.लि. द्वारा सन्चालित मनास्लु वल्र्ड कलेज बहु–आयामिक शैक्षिक कार्यक्रमहरु लिएर काडमाण्डौको मुटु शैक्षिक हव चाबहिल चुच्चेपाटीस्थित पासाङ ल्हामु शेर्पाको सालिकबाट करिव १०० मिटर अगाडि नजिकै आधुनिक प्रतिस्पर्धी विश्व बजारमा बिक्न सक्ने जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ स्थापना भएको भएको छ ।
नवितम प्रविधिको उच्च प्रयोग गरि विद्यार्थीको अव्वल क्षमता निर्माण गर्ने विभिन्न योजना लिएर निर्माण भएको महत्वपूर्ण शैक्षिक गन्तव्य हो यस मनास्लु वल्र्ड । कलेजमा शिक्षा क्षेत्रमा लामो अनुभव संगालेर अध्यापन गराइरहेका तथा लामो समयदेखि विभिन्न स्कुल÷कलेज संचालन गरि आफ्नो क्षेत्रमा ख्याति कमाएका शिक्षासेवी तथा प्राध्यापकहरुकले जीवनकालागि शिक्षा दिइनु पर्छ भन्ने मान्यताका आधारमा नयाँ प्रकारको सोच र चिन्तन राखेर निर्माण भएको संस्था हो मनाश्लु वल्र्ड कलेज । यति मात्र हैन यस संस्थामा विभिन्न उद्यमशीलता तथा व्यापारिक क्षेत्रमा क्रियासिल संस्थाहरु समेत जोडिएका छन् । यस कलेजमा अध्ययन गरेका विद्यार्थीहरु कुनै पनि क्षेत्रको नेतृत्वदायी भूमिकामा रहने गरि पुग्ने किसिमले तयार गर्ने उद्देश्यका स्थापना गरिएको मनाश्लु टिम अफ इन्टरप्रिनर प्रा.लि. का अध्यक्ष गेन्द्र लामाको भनाइ छ । उनले अहिलेको प्रविधिको गतिशिलतालाई ध्यानमा राखेर अध्यापन गराउनु पर्ने बताउँछन । विद्यार्थी हरेक प्रकारले सिर्जनसिल हुनुपर्ने र अध्ययन गरिसकेपछि उनीहरुले आफैले विभिन्न व्यवसाय संचालन गर्न सक्ने किसिमको बनाउने गरि शिक्षा दिनकालागि आफूहरु लागि पर्ने कलेजका प्रिन्सिपल राजन श्रेष्ठ बताउँछन् । कलेजले विद्यार्थीहरुमा उद्यमशिल बन्न उत्प्रेरित गर्ने, टिम वर्क गरि व्यवसाय गर्न तथा प्राविधिक विषयमा अब्वल र बौद्धिक जनशक्ति निर्माण गर्नका लागि यो कलेजको स्थापना भएको हो कलेजको ठहर छ ।
यस्ता छन् कलेजका विशेषताहरु
- लामो समय शिक्षा क्षेत्रमा कृयाशिल, उर्जासिल युवा उद्यमिहरुद्वारा संचालित
- दक्ष, अनुभवी तथा युवा उर्जावान फ्याकल्टि मेम्बेर्स
- आधुनिक सुविधा सम्पन्न भवन
- शान्त एवं रमणीय वातावरणमा पठनपाठन हुने
- प्रविधिमैत्री कक्षा
- विज्ञान प्रयोगशाला, हाइस्पिड इन्टरनेट सहितको शिक्षा
- सिपमूलक व्यवहारिक शिक्षा, संस्कारयुक्त शिक्षा
- विद्यार्थीको चौतर्फि विकासकालागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भ्रमण
- खेलकुद तथा बौद्धिक प्रतिस्पर्धात्मक कार्यक्रमहरु
- विभिन्न अन्तर्राष्ट्रिय कलेजहरुसँग सहकार्य गरि शैक्षिक अनुभवको आदान प्रदान गराइने
- पढाइमा अब्बल, खेलकुद, गायन, नृत्यको साथै अन्य विविध विधामा प्रतिभाशाली विद्यार्र्थीहरुलाई पूर्ण छात्रवृत्ति प्रदान गरिने
- विद्यार्थीहरुको रुचि अनुसार शिक्षण सिकाइ गरिनुको साथै जुन विद्यार्थीको जे क्षमता रहेको छ त्यहि क्षमतालाई अभिबृद्धि गर्नको लागि कलेजले सहजीकरण गर्ने
- पाठ्यक्रम विकास केन्द्रले तोकेको पाठ्यक्रमको आलावा अन्य सिपसँग जोडिएको विविध क्रियाकलापहरु जस्तै ग्राफिक्स डिजाइन, वेबसाईड बनाउने, फोटोग्राफी, भिडियोग्राफि, फोटोसप, भिडियो इडिटिङ, ब्यक्तित्व विकासको तालिम, बेसिक होटेल तालिम, पब्लिक स्पिकिङ, उद्घोषण तालिम लगायत अन्य सिपसँग जोडिएका क्रियाकलापहरु संचालन गरिने
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चालु
निओ फ्युजन इन्सिच्युटका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव