नेपाल राष्ट्रिय अभिभावक संघ भक्तपुर जिल्लाको बैठक आज बस्दै

भक्तपुर, १२ साउन । नेपाल राष्ट्रिय अभिभावक संघको भक्तपुर जिल्लाको बैठक आज दिनको ३ बजे बस्ने भएको छ ।
कोरोना भाइरस (कोभिद १९) का कारण देशका सम्पूर्ण शेक्षिक संस्थाहरु चैत्र ७ गतेदेखि बन्द छन् । बैशाखको पहिलो साताबाट सुरु हुनु पर्ने शैक्षिक सत्र अहिलेसम्म सुचारु हुन सकेको छैन । नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भदौ १ गतेदेखि शैक्षिक संस्थाहरुलाई भर्ना प्रकृया सुरु गर्न आग्रह गरिएको छ । निजी शैक्षिक संस्थाहरुले बैशाखदेखि नै आफ्ना विद्यार्थीहरुलाई अनलाइन क्लास मार्फत पठनपाठन गराइ राखेका छन् । तद्यापि निजी विद्यालयले भर्ना गराउन सकि रहेका छैनन् र आफ्ना शिक्षक÷कर्मचारीहरुलाई तलब दिन सकिरहेका छैनन् ।
आज हुने बैठकमा अहिलेको परिस्थितिमामा कसरी अगाडि बढ्ने, शुल्कको बारेमा, कक्षा संचालन, अनलाइन कक्षा तथा समसामयिक विषयमा केन्द्रित हुने नेपाल राष्ट्रिय अभिभावक संघ भक्तपुरका अध्यक्ष नवराज काफ्लले बताए । बैठकका निर्णयहरुका बारेमा जिल्लाका ४ वटै नगरपालिकाका प्रमुखसँग भेटेर कुरा गर्ने उनले बताए ।
:272 Views
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चालु
निओ फ्युजन इन्सिच्युटका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव