व्याकुल माइलालाई इ.जि.पायोनियरको सम्मान
भक्तपुर । नेपालको राष्ट्रिय गानका रचनाकार प्रदिपकुमार राई ‘व्याकुल माइला’ लाई इ.जि.पायोनियर स्कुल सोमबार विद्यालयमा सम्मान गरेको छ ।
विद्यालयका संस्थापक प्रिन्सिपल विजेन्द्र ध्वँजु तथा विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष सुचिता ध्वँजुले एक समारोहका वीच व्याकुल माइलालाई १० हजार नगदका साथै खादा र टिका लगाई उपहार दिएर सम्मान गरेका थिए ।
सो विद्यालयले आयोजना गरेको ‘विद्यार्थीसँग श्रस्टा’ परिचयात्मक कार्यक्रम तथा व्याकुल माइलाको स्वागत तथा सम्मान कार्यक्रममा माइलालाई सम्मान गरिएको थियो ।
कार्यक्रममा व्याकुल माइलाले विद्यार्थीहरुसँगै उभिएर आफुले लेखेको राष्ट्रिय गान गाएका थिए भने विद्यार्थीहरुले व्याकुल माइलासँग अटोग्राफ लिएका थिए ।
व्याकुल माइलाले आफ्नोे जन्मस्थान ओखलढुंगा जिल्लाको हिलेपानी सोक्मटारस्थित सुनकोशी नदी किनारमा यही साउन २३ गते बुधबार आयोजना गर्न लागिएको देशका विभिन्न क्षेत्रका परम्परागत लोक तथा मौलिक नृत्य प्रशिक्षणबारे जानकारी गराएका थिए । पूर्वको ओखलढुंगाका वासिन्दालाई सुदुर पश्चिमसम्मको परम्परागत मौलिक लोकनाचहरु सिकाउनु आफ्नो उद्देश्य रहेको उनले बताए ।
त्यसप्रकारको नृत्य प्रशिक्षण यो तेस्रो पटक हो भने व्याकुल माइलाको नाउँमा हरेक वर्ष उनको जन्मस्थानमा व्याकुल माइला फुटबल प्रतियोगिता सञ्चालन हुँदै आएको छ । हालसम्म ६ वर्ष लगातार फुटवल प्रतियोगिता सञ्चालन भईसकेको उनले बताए ।
स्वागत तथा सम्मान कार्यक्रममा विद्यालयका संस्थापक प्रिन्सिपल विजेन्द्र ध्वँजु, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुचिता ध्वँजु, नेपाली विषय शिक्षक पारसमणि खतिवडा तथा पत्रकार बलराम प्यासी लगायतले बोलेका थिए ।
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चालु
निओ फ्युजन इन्सिच्युटका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव