निओ फ्युजन इन्सिच्युटका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण

भक्तपुर, फागुन २९ |भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा निओ फ्युजन स्कूल अफ कम्प्युटर इन्सिच्युटले सञ्चालन गरेका भिडियोग्राफी, फोटोग्राफी, वेभ पेज डिजाइन, अकाउन्टिं प्याकेजलगायत विभिन्न तालिमका प्रशिक्षक तथा प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र तथा प्रशंसा पत्र वितरण कार्यक्रम शनिबार सम्पन्न भयो ।
प्रमाणपत्र वितरण गर्नुहुँदै नगर प्रमुख प्रजापतिले नयाँ नयाँ प्रविधिको प्रयोगबाट नयाँ जीवनउपयोगी सीपन र ज्ञान सिक्ने अवसर प्राप्त भएको बताउनुभयो । कानुनको अज्ञानता क्षम्य नहुने बताउनुहुँदै उहाँले फोटोग्राफी आफैमा निकै महत्वपूर्ण पेशा भएको र औचित्यपूर्ण र अर्थपूर्ण फोटोग्राफीले व्यक्तिलाई सफलता हासिल गर्न मद्दत पुर्याउने बताउनुभयो ।
नगर प्रमुख प्रजापतिले फोटोग्राफी र भिडियोग्राफी निकै संवेदनशील विषय भएको हुँदा जथाभावी फोटो खिच्ने, भिडियो खिच्ने प्रवृत्तिले साइबर अपराधको संख्या बढाइरहेको बताउनुहुँदै आफ्नो ज्ञान र सीपको प्रयोग जिम्मेवारीपूर्वक प्रयोग गर्न मार्गनिर्देश गर्नुभयो ।
कार्यक्रममा उपस्थिति प्रशिक्षार्थीहरूलाई व्यक्तिकेन्द्रित प्रवृत्तिले समाज र देशलाई फाइदा हुने बताउनुहुँदै आफ्नो ज्ञान र सीप समाज केन्द्रित ढंगले अगाडि बढाउन प्रेरित गर्नुहुँदै आफ्नो पेशामा सफल बन्न इमानदारिता, अनुशासन र नैतिकताले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । भक्तपुर नपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले तालिमबाट सिकेको सीप र ज्ञानबाट समाजको सेवा गर्न प्रेरित गर्नुहुँदै युवाहरू देशको राजनीतिक घटनाक्रमबारे सचेत र जानकार हुनुपर्ने बताउनुभयो । उहाँले प्रविधिको माध्यमबाट देश र समाजलाई अगाडि बढाउने नयाँ युवा पुस्ताको खाँचो रहेको बताउनुहुँदै भक्तपुर नपाले युवाहरूलाई सीपमूलक तालिम सँगसँगै व्यवहारिक ज्ञान पनि सिकाइरहेको छ भन्नुभयो ।
इन्सिच्युटका निर्देशक एवम् कार्यक्रमका सभापति बालकृष्ण वनमालाले भक्तपुर लगायत देशका विभिन्न जिल्लाका प्रशिक्षार्थीहरूलाई इन्सिच्युटले विभिन्न तालिमहरू प्रदान गर्दै आइरहेको बताउनुहुँदै निओ फ्युजनले प्रशिक्षार्थीहरूको सीप र दक्षताको आधारमा प्रमाणपत्र वितरण गर्दै आइरहेको बताउनुभयो ।
कार्यक्रममा भिडियोग्राफीका प्रशिक्षक श्रीकृष्ण तुईतुई, वेभ पेज डिजाइनका प्रशिक्षक निरञ्जन बेकोजु, कम्प्युटरका प्रशिक्षक राधा ब्यान्जु र कार्यक्रम सञ्चालिका सन्ध्या हेंग्वजुले पनि आआफ्नो धारणा राख्नुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि सुनिल प्रजापति र वडाध्यक्ष उकेश कवांले इन्सिच्युटले सञ्चालन गरेका विभिन्न तालिमका प्रशिक्षक र प्रशिक्षार्थीहरूलाई प्रशंसा पत्र र प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
:295 Views
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चालु
निओ फ्युजन इन्सिच्युटका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव