वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत

भक्तपुर– वागीश्वरी माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुले कक्षा ११ को व्यवस्थापन सङ्कायमा अध्ययनरत नवागन्तुक विद्यार्थीहरुलाई स्वागत कार्यक्रम फागुन २८ गते शुक्रबार सम्पन्न भयो ।

कार्यक्रमका प्रमुख अतिथि विद्यालयका प्रअ कृष्णप्रसाद धन्छाले विद्यँर्थीहरुले आफ्नो नियमित कार्यक्रमहरु जारी राखी अतिरिक्त क्रियाकलापहरुमा पनि ध्यान पु¥याउनहुन अनुरोध गर्नुभयो । साथै आइतबार वितरण हुने प्रथम त्रैमासिक परीक्षाको नतिजा लिन अभिभावकहरुलाई अनिवार्य साथमा ल्याउन भन्नुभयो ।

विद्यालयका +२ संयोजक ज्ञानसागर प्रजापतिले विद्यार्थीहरुले अनुशासित भई कार्यक्रम सफल पार्न अनुरोध गर्दै व्यवस्थापन सङ्कायका विद्यँर्थीहरुलाई विगतको अनुभवका साथै भविष्यबारे मार्गनिर्देशन गर्नुभयो ।

विद्यँर्थीहरु सन्जु थापाको सभापतित्वमा भएको कार्यक्रममा वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठ, वागीश्वरी माविका सहायक प्रअ कृष्णप्रसाद कर्माचार्य, वागीश्वरी माविका इन्चार्ज ग्याहेन्द्र प्रसाद दाहालले पनि बोल्नुभएको थियो ।
औपचारिक कार्यक्रमपश्चात् विद्यार्थीहरुले आफ्नो प्रतिभा प्रस्फुटन गरेका थिए ।

:9 Views

Leave a Reply