सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड

सर्लाही, चैत्र २ | बालबालिकाको सुरक्षित सिकाइमा शिक्षकसँगसँगै अभिभावकहरूको पनि अपरिहार्य सहभागीता आवश्यक रहेको शिक्षा सरोकारवालाहरूले बताएका छन्। भिएसओ नेपालको सहयोगमा आसमान नेपाल र शिक्षा पत्रकार समाजको आयोजनामा सर्लाहीको मलङ्गवामा आयोजित जिल्लास्तरीय अन्तरकृया कार्यक्रममा सहभागीले बालबालिकाको सिकाइ विद्यालय भित्रमात्र सीमित नहुने हुँदा विद्यालय बाहिर पनि सुरक्षित सिकाइको वातावरण निर्माणमा अभिभावकले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताएका हुन्।

कार्यक्रममा भिएसओ नेपालका सन्तोष महतो तथा सर्लाहीको प्रेरणा संस्थाकी परियोजना संयोजक कविता चौधरीले सुरक्षित सिकाइ परियोजना अन्तरगत रहेर गरेका कामहरू चुनौती, उपलब्धी तथा सिकाइका बारेमा गरेका प्रस्तुतीकरणले सहभागीहरूलाई परियोजनाबारे थप जानकारी तथा त्यसको आवश्यकता र प्रभावकारीताबारे प्रकाश पारेको थियो। विद्यालयभित्र विद्यार्थी शिक्षक तथा अभिभावकहरूलाई सचेतनासँगै प्रशिक्षण दिने कार्यले सुरक्षित सिकाइ प्रवर्द्धनमा ठूलो टेवा पुगेको उनीहरूले बताएका छन्।

प्रदेश नं २ का सांसद अशोककुमार यादवले बेटी बचाओ बेटी पढाओ कायक्रमको सञ्चालनबारे उल्लेख गर्दै सरकारले विदेयालय शिक्षामा ठूलो लगानी गरिरहेता पनि त्यसप्रति सर्वासाधारण जनताको आकर्षण कम भएकोमा दुख लाग्ने बताएका छन्। तीन तहको सरकारबीच समन्वयको अभाव हुँदा खास गरी स्थानीय र प्रदेश स्तरको सरकारलाई काम नीति नियम बनाउन देखि संविधानले दिएको कानून समेत अभ्यास गर्न नपाइरहेको अवस्था उजागर गरेका छन्।  बालबालिकाको सुरक्षित सिकाइ देशका हरेक तहतप्का र अङ्गहरूको जिम्मेवारी भएको उल्लेख गर्दै भनाइ र गराइमा समानता हुन पर्नेमा जोड दिएका छन्।

मलङ्गवाका बासिन्दाहरूको आर्थिक हैसियत अपेक्षाकृत रुपमा सुधार हुन नसक्दा शिक्षा र स्वास्थ्य जस्ता विषयमा पनि सोचेअनुसारको सफलता हाँसिल हुन नसकेको मलङ्गवा नगरपालिकाका मेयर निरसल शाहले बताएका छन्। विद्यार्थी आकर्षित गर्न दिवा खाजाको व्यवस्था गरेपनि त्यसले मात्र विद्यार्थीको सिकाइमा प्रभावकारी भूमिका नखेलेको उनको भनाइ छ। आफ्नो नगरपालिकामा दुर्व्यसनीहरूको संख्या दिनानुदिन बढिरहेको अवस्थामा सुरक्षित सिकाइको सवाल ओझेलमा परेको उनी बताउँछन्।

मलङ्गवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत होमनाथ सुवेदीले बालबालिकाको सुरक्षित सिकाइका लागि नीतिगत व्यवस्थाहरू भएको देखिएपनि तिनको कार्यान्यवनमा उत्साह नदेखिएको बताएका छन्। ‘सुरक्षित सिकाइ कक्षा कोठामा मात्र भएर पुग्दैन। कक्षाकोठा बाहिर पनि बालबालिकाहरू विभिन्न तवरले असुरक्षित छन्। सुरक्षित सिकाइका ती वाधकहरूलाई अहिलेसम्म सम्बोधन गर्न सकेको देखिँदैन। कक्षाकोठा बाहिरको असुरक्षाका तत्वहरू कम गर्न अभिभावकहरू सचेत र प्रतिवद्ध बन्न पर्छ।’

पत्रकारमहासंघ सर्लाहीका कोषाध्यक्ष तथा शिक्षा पत्रकार समाज सर्लाहीका संयोजक रामगोविन्द यादवको सकृतामा सम्पन्न उक्त अन्तरकृयामा जनता माविका प्रधानाध्यापक रविन्द्र रोयले पनि सुरक्षित सिकाइबारे ब्यापक जनचेतना आवश्यक रहेको बताए। नीति निर्माण गर्नेहरूले शिक्षा क्षेत्रलाई कम महत्त्व दिएको संकेत गर्दै उनले शिक्षामा हावी राजनीतिकरण हटाउन सबैको सहयोग आवश्यक हुने बताए।

शिक्षक महसंघका केन्द्रीय सदस्य तथा सर्लाहीका प्रधानाध्यापक रामेश्वर यादवले बालबालिकाको सुरक्षित सिकाइमा विद्यालय र शिक्षक मात्रले नहुने बताए। अभिभावकको अपरिहार्य सहभागीतामा जोड दिँदै उनले परियोजनाले ल्याउने सकारात्मक परिवर्तनसँगै त्यसको दीर्घकालीन प्रभावबारे निरन्तर निगरानी गर्ने निकाय र परम्पराको खाँचो औँल्याए।

:36 Views

Leave a Reply