उसु प्रतियोगिताका विजयीलाई पदक वितरण

भक्तपुर, चैत्र २ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिका वडा नं. ३ को आयोजनामा पद्म मा.वि.को प्रा·णमा भएको नगरब्यापी विद्यालयस्तरीय उसु प्रतियोगिताको उद्घाटन सोमबार गर्नुभयो । कार्यक्रमको समापन भनपाका उपप्रमुख रजनी जोशीको प्रमुख आतिथ्यतामा सोही दिन सम्पन्न भयो ।
कार्यक्रमका उपप्रमुख जोशीले समापन कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट खेलाडीहरुलाई पदक तथा प्रमाणपत्र वितरण गर्नुभयो । ब्वाइज् तिलूमा जेसिस् ई. स्कूलका समिट श्रेष्ठ, लिटिल वल्र्ड स्कूलका एलेक्स सुवाल र जेसिस् ई. स्कूलका उत्सब खाईतु क्रमशः प्रथम, द्वितीय र तृतीय हुन सफल भए भने गल्र्स तिलूमा जेसिस् ई. स्कूलका अदिति बिरवल, मतिना कोजू र उजा नापित क्रमशः प्रथम, द्वितीय र तृतीय हुन सफल भएका थिए ।
ब्वाइज् सान्चो २५–३० केजी तौल समूहमा जेसिस् ई. स्कूलका रिडम लामा, जनिथ कोजू, रेमण कोजू क्रमशः प्रथम, द्वितीय र तृतीय हुन सफल भए भने गल्र्स सान्चो २५–३० केजी तौल समूहमा मेधा माविका आयुश्री शिल्पकार, ज्ञान विजय माविका सृजना क्षेत्री र हिमालयन स्कूलका कृजना कुचुमणी क्रमशः प्रथम,द्वितीय र तृतीय हुन सफल भए ।
ब्वाइज् सान्चो ३०–३५ केजी तौल समूहमा जेन्यूइन ई. स्कूलका दिब्यांसु सुवाल, जेसिस् ई. स्कूलका समिर गोर्खाली र निग्मा लामा क्रमशः प्रथम, द्वितीय र तृतीय हुन सफल भएका थिए भने गल्र्स सान्चो ३५–४५ केजी तौल समूहमा जेसिस् ई. स्कूलका कृति थापा, रजिशा कोजू र अनुष्का विखल क्रमशः प्रथम, द्वितीय र तृतीय हुन सफल भए ।
ब्वाइज् सान्चो ४०–४८ केजी तौल समूहमा जेसिज् ई. स्कूलका अनुज धौभडेल, पद्म माविका धिरज कुमार मण्डल र विशेष खर्बुजा क्रमशः प्रथम, द्वितीय र तृतीय हुन सफल भए भने ४८–५२ के.जी तौल समूहमा जेजिस् ई. स्कूलमा कृतिन सुवाल प्रथम, पद्म माविका विशेष मोक्तान द्वितीय हुन सफल भए ।
प्रतियोगितामा उत्कृष्ट खेलाडीको उपाधि छात्रतर्पm श्री पद्म माविका धिरज कुमार मण्डल र छात्रातर्पm जेसिस् ई. स्कूलका अदिति बिरवलले प्राप्त गर्न सफल भए ।
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चालु
निओ फ्युजन इन्सिच्युटका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव