नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी

भक्तपुर, चैत्र २ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख अतिथ्यमा भक्तपुर नगरपालिकाको आयोजनामा भइरहेको नगरब्यापी विद्यालयस्तरीय फुटसल प्रतियोगिताको समापन एक समारोह बीच सम्पन्न भयो ।
समापनमा बोल्नुहुँदै प्रमुख प्रजापतिले शिक्षासँगसँगै खेलकुद क्षेत्रलाई पनि भक्तपुर नगरपालिकाले प्राथमिकतामा राखी नगरको विभिन्न वडाहरुमा ५ वटा खेलको प्रशिक्षण निरन्तर सञ्चालन गरिरहेको बताउनुभयो । उहाँले विद्यार्थी जीवनमा अनुशासन अपरिहार्य हुने भएकोले खेलाडीहरुले अनुशासित भई खेल खेल्नुपर्ने बताउनुभयो ।
भक्तपुर नपा वडा नं. ९ को आयोजनामा सुटर्स फुटसल रामन्दिरमा सम्पन्न फुटसल फाइनल प्रतियोगितामा डेमोस ई·लिश स्कूलले प्रभात ई·लिश स्कूलाई १–० ले पराजित गरी प्रथम स्थान हासिल गर्न सफल भएको थियो । प्रभात ई·लिश स्कुलले दोस्रो स्थानमा ओगट्न सफल भयो भने रोम्बस नेश्नल स्कुल र सनसाईन नेश्नल स्कुले तृतीय स्थान हासिल गरेको थियो ।
:27 Views
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चालु
निओ फ्युजन इन्सिच्युटका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव