काभ्रेका विभिन्न पालिकामा प्याब्सनको समिति गठन

काभ्रे । निजी तथा आवासीय विद्यालय संगठन नेपाल (प्याब्सन) काभ्रेका विभिन्न तीन नगरपालिकामा प्याब्सन नगर समिति गठन भएका छन् ।

बनेपा, पनौति र पाँचखाल नगरपालिकाको हालै सम्पन्न प्रथम अधिवेशनले ती पालिकाहरुमा प्याब्सन नगर कार्य समिति गठन गरिएका हुन् ।

प्याब्सनको बनेपा नगर समितिमा २३ स्कुलबाट प्रतिनीधित्व गर्दै काभ्रे माध्यमिक विद्यालयका प्रिन्सिपल कुमार मानन्धर अध्यक्ष भएका छन् भने पनौती नगर कार्य समितिमा सरस्वती कुञ्ज बोडिङ स्कुलका प्रिन्सिपल अरुण कर्मचार्य अध्यक्ष भएका छन् । पनौतिमा १४ स्कुल प्याब्सनमा आवद्ध छन्।

साथै पाचँखालमा भएको अधिवेशनबाट पाँचखाल भ्याली सेकेण्डरी स्कुलका प्रिन्सिपल डि.बि ऐडी अध्यक्ष भएका छन् । पाँचखालमा ११ स्कुल प्याब्सनमा आवद्ध छन् ।

फरक फरक समयमा भएको कार्यक्रममा निजी विद्यालयको समस्या, चुनौति तथा सम्भावना, आवश्यकताको सम्बन्धमा छलफल गरिएको प्याब्सन काभ्रेका अध्यक्ष सत्यनारायण श्रेष्ठले जानकारी दिए ।

:625 Views

Leave a Reply