चित्रकला प्रतियोगिताका विजयीलाई पुरस्कार

ललितपुर । महालक्ष्मी नगरपालिका मोतिटारस्थित इन्श्राइन नेशनल सेकेण्डरी स्कुल अन्तर्गत गठित इन्श्राइन स्काउट ट्रुपले आयोजना गरेको चित्रकला प्रतियोगिताका विजयीलाई पुरस्कार वितरण गरिएको छ ।

विद्यालयकी संस्थापक प्रिन्सिपल तथा इन्श्राइन स्काउट इकाई समितिकी अध्यक्ष सत्यवती थापा राना र स्काउट गुरु निरेन्द्र कार्कीले विजयी विद्यार्थीलाई पुरस्कार तथा सहभागीलाई प्रमाणपत्र वितरण गरेका थिए ।

१९ जना स्काउटले भाग लिएको वातावरण सम्वन्धि सो चित्रकला प्रतियोगितामा शाहिल श्रेष्ठ पहिलो, निरज खड्का दोस्रो र बर्सना राना तेस्रो भएका थिए ।

:592 Views

Leave a Reply