प्याब्सनद्वारा कोभिड–१९ महामारी तथा विपद व्यवस्थापन समिति गठन

कोभिड–१९ राहत प्रयास अन्तर्गत यस संगठनका सम्पूर्ण सदस्य विद्यालयले स्थानीय तह, प्रदेश र नेपाल सरकारसँग वा अन्य संघ–संस्थाहरुसँग समन्वय गरी अक्सिजनसहितको आइसोलेशन बेडहरुको व्यवस्थापन गर्ने, पीडितहरुलाई विपदको बेलामा आवश्यक यातायातको साधनहरु उपलब्ध गराउने, आमनागरिक लगायत प्रमुख रुपमा प्रभावित विद्यालय सञ्चालक, प्रिन्सिपल, शिक्षक–कर्मचारी, विद्यार्थीहरुको विवरण संकलन गरी आवश्यक सहयोग गर्ने तथा विद्यार्थी, अभिभावकहरु एवं आमनागरिकहरुमा जनचेतनामूलक कार्यहरु साथै मनोवैज्ञानिक परामर्शका कार्यहरु अबिलम्ब थालिने संगठनले जनाएको छ

बेलायतमा बन्यो नेपाली ढिकी

ब्रिटिश काउन्सिलको ईन्टरनेशनल स्कूल अवार्ड (आईएसए) प्रोजेक्ट अन्तर्गत बेलायतको वेल्समा अवस्थित टार्भेन्स्पाईट सिपी स्कूल र महाकालीस्थान, भक्तपुरमा अवस्थित गोल्डेन गेट ईङ्गलिश सेकेण्डरी स्कूलका कक्षा ६ र ७ का विद्यार्थीहरुले अन्तर्राष्ट्रिय सहकार्य गर्दै दुबै देशमा प्रचलित परम्परागत सरल यन्त्रको विषयमा गहन खोजी गर्ने, अध्ययन गर्ने, नवप्रवर्तन सहित पूनर्निर्माण गर्ने र प्रस्तुतीकरण गर्ने कार्य सफलतापूर्वक सम्पन्न गरेको […]

नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी

भक्तपुर, चैत्र २ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख अतिथ्यमा भक्तपुर नगरपालिकाको आयोजनामा भइरहेको नगरब्यापी विद्यालयस्तरीय फुटसल प्रतियोगिताको समापन एक समारोह बीच सम्पन्न भयो । समापनमा बोल्नुहुँदै प्रमुख प्रजापतिले शिक्षासँगसँगै खेलकुद क्षेत्रलाई पनि भक्तपुर नगरपालिकाले प्राथमिकतामा राखी नगरको विभिन्न वडाहरुमा ५ वटा खेलको प्रशिक्षण निरन्तर सञ्चालन गरिरहेको बताउनुभयो । उहाँले विद्यार्थी जीवनमा अनुशासन अपरिहार्य […]

उसु प्रतियोगिताका विजयीलाई पदक वितरण

भक्तपुर, चैत्र २ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिका वडा नं. ३ को आयोजनामा पद्म मा.वि.को प्रा·णमा भएको नगरब्यापी विद्यालयस्तरीय उसु प्रतियोगिताको उद्घाटन सोमबार गर्नुभयो । कार्यक्रमको समापन भनपाका उपप्रमुख रजनी जोशीको प्रमुख आतिथ्यतामा सोही दिन सम्पन्न भयो । कार्यक्रमका उपप्रमुख जोशीले समापन कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट खेलाडीहरुलाई पदक तथा प्रमाणपत्र वितरण गर्नुभयो […]

नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट

भक्तपुर,  चैत्र २ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा भक्तपुर नगरपालिका ५ नं. वडा कार्यालयको आयोजनामा सम्पन्न नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगिताको समापन कार्यक्रम आज सम्पन्न भयो । कार्यक्रममा बोल्नुहुँदै प्रमुख प्रजापतिले खेलकुदले विद्यार्थीहरुको शारीरिक र मानसिक विकासमा टेवा पु¥याउने बताउनुहुँदै विद्यार्थीले खेलकुद सँगसँगै शिक्षा र अनुशासनमा जोड दिनुपर्ने बताउनुभयो । भनपा–५ स्थित विद्यार्थी […]

सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड

सर्लाही, चैत्र २ | बालबालिकाको सुरक्षित सिकाइमा शिक्षकसँगसँगै अभिभावकहरूको पनि अपरिहार्य सहभागीता आवश्यक रहेको शिक्षा सरोकारवालाहरूले बताएका छन्। भिएसओ नेपालको सहयोगमा आसमान नेपाल र शिक्षा पत्रकार समाजको आयोजनामा सर्लाहीको मलङ्गवामा आयोजित जिल्लास्तरीय अन्तरकृया कार्यक्रममा सहभागीले बालबालिकाको सिकाइ विद्यालय भित्रमात्र सीमित नहुने हुँदा विद्यालय बाहिर पनि सुरक्षित सिकाइको वातावरण निर्माणमा अभिभावकले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताएका […]

वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत

भक्तपुर– वागीश्वरी माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुले कक्षा ११ को व्यवस्थापन सङ्कायमा अध्ययनरत नवागन्तुक विद्यार्थीहरुलाई स्वागत कार्यक्रम फागुन २८ गते शुक्रबार सम्पन्न भयो । कार्यक्रमका प्रमुख अतिथि विद्यालयका प्रअ कृष्णप्रसाद धन्छाले विद्यँर्थीहरुले आफ्नो नियमित कार्यक्रमहरु जारी राखी अतिरिक्त क्रियाकलापहरुमा पनि ध्यान पु¥याउनहुन अनुरोध गर्नुभयो । साथै आइतबार वितरण हुने प्रथम त्रैमासिक परीक्षाको नतिजा […]

अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो

मध्यपुर थिमि– निजी तथा आवाशिय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) भक्तपुरद्धारा आयोजित जिल्लाव्यापी अन्तर विद्यालय बक्तृत्वकला प्रतियोगितामा शंकर नेशनल स्कुल दधिकोटका विजय ढुंगेल पहिलो भएका छन् । कोभिड १९ ले जन्माएका चुनौति र अवसर शिर्षकमा ५ मिनेट बोलेका ढुंगेलले आफ्ना ३२ जना प्रतिस्पर्धीहरुलाई पछाडि पार्दै पहिलो पुरस्कार जितेका छन् । प्रतियोगिताको दोस्रो स्थान एभरेष्ट पब्लिक स्कूल […]

अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चालु

भक्तपुर ।भक्तपुर नगरपालिकाको आयोजनामा २०७७ फागुन २९ गतेदेखि चैत्र ३ गतेसम्म सञ्चालन हुने अन्तर नगर बुद्धिचाल प्रतियोगिताको पहिलो दिन भक्तपुरको जगातिस्थित महेश्वरी बैंक्वेटमा संचालित पहिलो राउण्डको खेलमा काठमाण्डौं, ललितपुर मनपा, भिमेश्वर नपा र दमक नपाले विजयी शुरुवात गरेका छन् । जसमा ललितपुरका सजिन महर्जन, बद्रिलाल नेपाली, विलमलाल श्रेष्ठ र सुरोज महर्जनको टीमले सुपको गोदावरी नपालाई […]

निओ फ्युजन इन्सिच्युटका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण

भक्तपुर, फागुन २९ |भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा निओ फ्युजन स्कूल अफ कम्प्युटर इन्सिच्युटले सञ्चालन गरेका भिडियोग्राफी, फोटोग्राफी, वेभ पेज डिजाइन, अकाउन्टिं प्याकेजलगायत विभिन्न तालिमका प्रशिक्षक तथा प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र तथा प्रशंसा पत्र वितरण कार्यक्रम शनिबार सम्पन्न भयो । प्रमाणपत्र वितरण गर्नुहुँदै नगर प्रमुख प्रजापतिले नयाँ नयाँ प्रविधिको प्रयोगबाट नयाँ जीवनउपयोगी सीपन र ज्ञान […]