विचार

विद्यालयलाई कसरी सहभागी गराउने?

नेपालको राष्ट्रिय कार्यक्रम ‘नेपाल भ्रमण वर्ष २०२०’ शुरु भइसकेको छ । तर अधिकांश विद्यालयलाई भ्रमण वर्षले छोएको देखिँदैन । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई पनि भ्रमण वर्ष लागेको देखिँदैन । हामी कुनै पनि कार्यक्रम गर्दै छौँ भने त्यसको महिना दिन अगाडि नै सम्पूर्ण काम...

विद्यालयलाई छोएन भ्रमण वर्षले

विद्यार्थीहरूलाई घुमाउन लाँदा वा शिक्षकहरू घुम्न जाँदा ब्यानरमा भ्रमण वर्षको लोगो राखेर आफूले भिजिट नेपाल सफल पारेको बताइरहेका छन् । तर भ्रमण वर्षको लोगो प्रयोग गरेकै भरमा भ्रमण वर्ष सफल बनाउन सहयोग गरेको वा भ्रमण वर्ष सफल बनाएको भन्नु कत्तिको उपयुक्त होला?

बालक हाम्रो खेलौना होइन

कोहीले बालबालिकालाई आफ्नो दारी दल्ने, उफार्ने, बच्चाको फरक फरक अभिव्यक्ति हेर्नका लागि उसलाई हँसाउने, रुवाउने र रमाइलो मान्ने । कतिले त बच्चालाई ‘कस्तो किउट’ भन्दै माया गरेको जसरी बेस्मारी गाला तान्ने पनि गर्छन् । साथै बालकलाई यहाँबाट खसालिदिऊँ भन्दै उचाईबाट तर्साउने, डर देखाउने र...

के तपाईँ असल अभिभावक हुनुहुन्छ ?

अभिभावकलाई आफ्नो छोराछोरी कस्तो होस् भनेर सोध्योैँ भने प्राय आउने उत्तर भनेको - छोराछोरीले भनेको मानोस्, जिद्घी नगरोस्, धेरै पढोस्, सृजनात्मक होस्, उसमा आत्मविश्वासको कमी नहोस् भन्ने नै सुन्न पाउँछौँ ।

अंग्रेजी हेरेर नेपाली सिकिन्न

हरेक आमाबुवा आफ्ना सन्तान आफूभन्दा हरेक कुरामा अघि होस् भन्ने चाहना राख्छन् । पढाइ, लेखाइ, सोचाइ, बुझाइ, बोलाइ, सबैमा । त्यसैले आफूले बुढेसकालमा देखेको मोबाइल बामे नसर्दैको शिशुको हातमा थमाउँछन् । आफूले अंग्रेजी नजान्दा भोगेको समस्या उसले भोग्न नपरोस् त्यसैले बोली नफृुट्दै अंग्रेजी गीत...

परिवार बद्लिँदै छ

हामी संयुक्त परिवारको संस्कारमा हुर्केका हौँ जुन परिवारमा ‘म’ भन्दा पहिला ‘हामी’ आउँछ । तर अब यस्तो परिवार दिनानुदिन कम हुँदैछ । एकै परिवारका सदस्यहरू कोही करले टाढिँदैछन् त कोही रहरले । त्यसैले अचेल परिवारको स्वरुप बद्लिँदैछ । आमा बुवा र उनका सन्तान मात्र...

बालकलाई हेर्ने चस्मा बदलौँ

अभिभावकलाई बालकका इन्जिनियर हो पनि भन्ने गरिन्छ । बालकलाई कस्तो बनाउने भन्ने कुरामा अभिभावकको महत्वपूर्ण भूमिका हुन्छ । पहिले हाम्रो चस्मा बदलौँ त्यसपछि हाम्रो व्यवहार । बालबालिको विकासमा क्रमशः आफै सकारात्मक प्रभाव पर्न थाल्छ ।

जाडो बिदा कसरी बालबालिकासँग रमाइलो गरी विताउने ?

प्राय विद्यालयमा जाडो बिदा शुरु भईसकेको छ र कतिमा जाडोको बिदा हुदैँछ । नेपालमा जाडो बिदा दुई हप्तादेखि एक महिनासम्म आफ्नो विद्यालयको क्यालेण्डर अनुसार दिइन्छ । जाडो बिदा बालबालिको लागि साह्रै खुसीको समय हो तर अभिभावकको लागि दिक्क लाग्ने समय हो । अभिभावक दिक्क...

बालबालिकालाई विद्यालय राख्ने कुरामा विद्यालय र अभिभावक स्पष्ट हुनुपर्छ

अभिभावकले बच्चालाई कति वर्षसम्म घरमा राख्ने भनेर स्पष्ट हुनुपर्छ । घरमा कोही हेर्ने मान्छे नभएकाले विद्यालयमा राख्दै छौँ भने त्यसलाई पढाउने स्कुल नभई बच्चालाई हेर्नका लागि बाल हेरचाह केन्द्र पठाउँदैछौँ भनेर बुझ्नुपर्छ । यो कुरा स्पष्ट नहुँदा अभिभावकले सानो बच्चा या १४ महिनादेखि नै...

विद्यालयतहमा छात्रछात्रा होइन विद्यार्थी मात्र भनौँ

धेरै विद्यालयमा छात्रालाई ‘तिमी यहाँ आऊ र यसो गर’ भनेर मायाले सुम्सुम्याउने तर छात्रलाई ‘ओइ तँ यो गर् त’ भनि अलि रुखो स्वरमा बोल्ने गरेको देख्छौँ । आवाजमै फरक पर्छ । सञ्चार र बोलीबचनमा नै विभेद हुने गर्छ । जसले गर्दा छात्र संवेदनहीन, ढुङ्गा...