काप्रीलाई प्रश्न :नयाँ पाठ्यक्रम कहिलेदेखि लागू हुन्छ ?

स्वीकृत पाठ्यक्रमको संरचनामा नयाँ के–के विषय छन् ?
पढाइ हुने समय बढेको छ । जस्तो, अब ३६५ दिनमा १,०२४ घण्टासम्म पढाइ हुन्छ । नेपाली, सामाजिक, अंग्रेजी र जीवनोपयोगी विषय अनिवार्य बनाइएको छ । जीवनोपयोगी विषय तयार पारिएको छ । कक्षा ११ र १२ मा वर्षमा ६४ घण्टा अनिवार्य पढाइ हुने गरी सूचना र प्रविधि विषय पनि समावेश गरिएको छ । तीन वटा ऐच्छिक विषय पनि राखिएको छ ।
पाठ्यक्रम परिमार्जनको आवश्यकता किन पर्यो ?
मुलुकको नयाँ संविधानले निर्देशित गरेको विषय, कक्षा १२ सम्म विद्यालय शिक्षा घोषणा भएको अवस्था, अन्तर्राष्ट्रिय मापदण्ड र राष्ट्रिय आवश्यकताको आधारमा कक्षा ११ र १२ को पाठ्यक्रम परिमार्जन गर्न लागेका हौं ।
परिवर्तित पाठ्यक्रम अनुसार शिक्षक, पुस्तक र पूर्वाधार तयार भइसकेका छन् त ?
पढाइ हुने समय बढेकाले शिक्षक व्यवस्थापन गर्नुपर्ने हुन्छ । पूर्वाधार व्यवस्थापनको काम पनि बाँकी छ । शिक्षा विभाग लगायतका निकायले शिक्षक र पूर्वाधार व्यवस्थापनको काम गर्नेछन् । कक्षा ११ र १२ मा कुल १६० भन्दा बढी विषयका पाठ्यपुस्तक छन् । अहिले हामी नयाँ पाठ्यक्रम बनाउने क्रममा छौं । यो विषय टुंगिएपछि पहिलो चरणमा अनिवार्य र दोस्रो चरणमा ऐच्छिक विषयको पाठ्यपुस्तक छपाइको काम शुरु हुन्छ ।
कक्षा १२ सम्म माध्यमिक तह भनिए पनि कक्षा ११ र १२ मा गणितलाई अनिवार्य किन बनाइएन ?
कक्षा १० सम्मको अनिवार्य अध्ययनबाटै विद्यार्थीले आधारभूत ज्ञान पाउने भएकाले छलफलबाटै यसो गरिएको हो । तर रुचि भएकाले ऐच्छिक विषयको रुपमा गणित पढ्न पाउँछन् ।
नयाँ पाठ्यक्रम कहिलेदेखि लागू हुन्छ ?
कक्षा १० को नयाँ पाठ्यक्रम अनुसार पढाइ शुरु भइसकेको छ । कक्षा ११ र १२ का लागि नयाँ विषय अनुसार पाठ्यक्रम बनाउने काम भइरहेको छ । सबै टुंगिएपछि सरकारी निर्णयका आधारमा नयाँ पाठ्यक्रम लागू हुनेछ ।
पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक कृष्णप्रसाद काप्रीसँगको कुराकानी हिमाल खबरबाट साभार गरेका हौं ।
:970 Views
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव