‘धन्न विद्यालय छन् र हामी बाँचेका छौँ ’

काठमाडौँको नगलटोलमा जन्मिएर जीवनको अनमोल ३० वर्ष नृत्य क्षेत्रमा समर्पण गरेका भुवनदास श्रेष्ठ नेपाल नृत्य निर्देशक संघका अध्यक्ष हुन् । आइकमको पढाइपछि नृत्यमा इच्छा जागेको बताउने उनी विगतमा हिमालचुली कल्चरल गुप्र, नेपाल राष्ट्रिय प्रज्ञा प्रतिष्ठानमा आवद्ध थिए । वि.स २०४८ सालमा स्वीट्जरल्यान्डमा पहिलो पटक अन्तराष्ट्रिय मञ्चमा नृत्य प्रस्तुत गरेपछि यसै क्षेत्रमा निरन्तर लागिरहने हौसला मिलेको बताउने श्रेष्ठले थपुै्र सिनेमा र म्युजिक भिडियोमा नृत्य निर्देशकको भूमिका निर्वाह गरिसकेका छन् । हाल हार्दिक कल्चरल गप्रु र कामना कला केन्द्रमा संलग्न भुवनदासले कत्थक नृत्यसँगै नृत्य क्षेत्रको यात्रा आरम्भ गरेका थिए । उनीसँग नेपालमा नृत्य प्रशिक्षणबारे नुवागीले गरेको कुराकानीको सार यहाँ प्रस्तुत गरिएको छ ।

नृत्य निदर्शेक सघंको स्थापना केको लागि गरिएको हो ?
पहिला नेपाल नृत्यकार संघ भन्ने संस्थामा म आबद्ध थिएँ । त्यो संघ छोडेको १० वर्षपछि मैले सोचेँ मैले आफ्नो जीवनको महत्वपूर्ण ३० वर्ष नृत्य क्षेत्रमा विताएँ । यसको विकासका लागि यही पेशामा नै केही गर्नुपर्छ भन्ने लाग्यो । राष्ट्रले हामीलाई केही देला भनेर आश गर्नुभन्दा एउटा संगठनमा हामी मिलिजुली रहेर एकअर्काको सुखदुख बाडेर बरु त्यो संघले केही गर्छ भन्ने लागेर वि.स २०७३ साल साउन २६ गते यो संघको स्थापना गरेका हौँ । अहिले ललितपुर, भक्तपुर, काठमाडौँ, बनेपा र चितवनमा शाखा छन् र हाल हाम्रो संस्थामा सदस्य संख्या ४०० रहेको छ ।

यो सघंले गर्ने काम कतव्र्य चाहिँ के हो ?
हामीले यो ३ वर्षको अन्तरालमा ४० वटाभन्दा बढी कार्यक्रम गरिसकेका छौँ । हामीले हाम्रा गुरुहरू (पहिलो नृत्य निर्देशक, पहिलो नृत्य प्राध्यापकलगायत) लाई सम्झेर उहाँहरूको सम्मान गरी सम्मानको संस्कार सुरु गरेका छौँ । नृत्य निर्देशक र प्रशिक्षकलाई व्यवस्थापन गर्ने, नृत्य क्षेत्रका अग्रजहरूलाई सम्मान, नृत्य पेशामा संलग्न व्यक्तिको हकहितका लागि सुरक्षित बाटो बनाउने काम हामीले गरिरहेका छौँ र अझै धेरै कामहरू गर्न बाकी नै छ । नृत्यको क्षेत्रमा भएका कमी कमजोरीहरूको खोजी गर्दै तिनको सुधारका लागि निकै कामहरू गर्न बाकी छ । हाम्रा शाखाहरूले विभिन्न नृत्य प्रतियोगिता र नृत्य महोत्सव पनि गर्ने गरेको छ । यसको निरन्तरता पनि हाम्रो कामभित्र पर्छ ।

नृत्य  निदर्शेक सघंमा ककसले सदस्य बन्न पाउँछन् ?
यो नृत्य प्रशिक्षकहरूको संस्था हो । संघको सदस्य जो कोही बन्न पाउँदैन । त्यसको लागि निश्चित नियम बनाएका छौँ । यो संघमा आबद्ध हुन नृत्य गरेको भएर मात्र हुँदैन, उसले कुनै पनि विद्यालयमा कम्तिमा ५ वर्षसम्म नृत्य सिकाएको हुनुपर्छ ।

सदस्य बनेपछि के पाउँछन् यहाँबाट ?
हामीले उनीहरूको हकहितका लागि नै काम गर्छौँ । यदि कसैलाई केही सहयोगको आवश्यकता परेमा संघका सम्पूर्ण सदस्य मिलेर केही सहयोग गर्दछौँ । जस्तै हामीले विभिन्न दुर्घटनामा परेका केही सदस्यहरूलाई सबैको सहकार्यमा केही आर्थिक सहयोग गरेका छौँ । यहाँ बसेर प्रत्यक्ष आर्थिक लाभ हुने वा ठोस् केही चिज पाउने भन्दा पनि यो संगठनमा सदस्य भएपछि सदस्यहरूबीच भाइचाराको विकास हुन्छ, एउटै क्षेत्रका तर कहिल्यै नभेटेका मानिसहरू एक आपसमा भेट्छन् र आआफ्नो भोगाइ, अनुभव तथा समस्याहरू साट्न पाउँछन् । नृत्य प्रशिक्षकहरूबीच एकअर्कामा सामिप्यता बढ्छ । उनीहरूलाई व्यावसायिक व्यक्ति बनाउने विभिन्न योजनाहरूको विकासमा हामी अघि बढेका छौँ ।

नृत्य निदर्शेक सघं नेपालको स्थापनाले नृत्य क्षेत्रमा कस्तो प्रभाव पारेको छ ?
हामीले नृत्यका वरिष्ठ व्यक्तिलाई सम्मान गर्यौँ । यसले अन्य नृत्य प्रशिक्षकलाई प्रोत्साहन मिलेको छ । भनिन्छ सम्मानले सम्मान गर्न सिकाउँछ । शास्त्र हरायो भने संस्कृति हराउँछ । संस्कृति हरायो भने संस्कार हराउँछ । र संस्कार हराएपछि राष्ट्र र राष्ट्रको पहिचान पनि हराउँछ । हामीले संस्कार पनि सिकाएका छौँ । हामी नृत्यका चेलाहरू बडो सम्मानका साथ, सद्धाका साथ आफ्नो गुरुको गोडा ढोग्छौँ । हामीले सम्मानको संस्कार बसालेका छौँ । त्यस्तै पहिला हामी संगठित थिएनौँ । अहिले केही परिहाल्यो भने हाम्रो संगठन छ भन्ने भएको छ ।

नेपालमा नृत्यको अवस्था कस्तो पाउनुहुन्छ ?
नृत्यमा हामी पछडि नै छौँ । पहिला पहिला त म आफूलाई नृत्य निर्देशक भनेर चिनाउन लाज मान्थेँ । एउटी छोरी मान्छेले आफूलाई नृत्याङ्गना भन्दा उनलाई हेरिने नजरमा तीखा प्रश्न हुन्थे, हेयको भाव हुन्थ्यो । यसमा अहिले केही परिवर्तन भएको छ । सञ्चार माध्यमको ठूलो हात छ यो परिवर्तनमा । अरु देशको तुलनामा नेपालमा नृत्यको अवस्था नाजुक छ । छिमेकी मुलुक भारतको मात्र कुरा गर्ने हो भने पनि त्यहाँ कलालाई कत्रो सम्मान दिइन्छ । कलाकारको इज्ज्त कति छ त्यहाँ । सिंगो भारतको आर्थिक मेरुदण्ड नै कलाकारिता क्षेत्रले धानेको जस्तो देखिन्छ । तर नेपालमा त विद्यालय यदि नहुने हो भने हामी नृत्य निर्देशकहरू पनि रहन्नथ्यौँ । ४ जनासम्मले फिल्म र म्यूजिक भिडियोमा नृत्य गर्लान् तर उनीहरूले पनि जिन्दगी भर चलचित्र या म्यूजिक भिडियोमा नै काम गर्छन् भन्ने छैन । अनि नेपालको कला र संस्कृति सिकाउने नृत्य प्रशिक्षक कहाँ बाकी रहन्छन् ?

चलचित्रका नृत्य निर्देशकलाई नेपाली कला, संस्कृतिको विषयमा ज्ञान हुँदैन । नेपालमा अन्य विषयको स्थापित प्रणाली छ । प्लेगुप्रदेखि नर्सरी, एलकेजी हुँदै एसइई दिने प्रणाली छ, तर नृत्यको कुनै प्रणाली छैन । त्यो प्रणाली नहुँदा पनि नृत्य प्रशिक्षकले विद्यालयकै कारणले काम पाएका छन् । १० औं हजार बढी नृत्य प्रशिक्षकले विद्यालयबाट आफ्नो जीविकोपार्जन गरेका छन् । अहिले पनि सरकारी तवरबाट नृत्य प्रबद्र्धनका लागि केही भएको छैन ।

विद्यालयमा विद्यार्थीलाई नृत्य प्रशिक्षण गर्दा र चलचित्रमा नृत्य निदर्शेन गर्दा खास फरक के हुन्छ ?
चलचित्र भनेको क्षणिक रमाइलोको लागि बनाइन्छ तर विद्यालय जुगजुगसम्म चल्ने गर्छ । चलचित्र भनेको व्यापारिक हुने भएकाले यहाँ ग्लामरलाई प्राथमिकता दिइएको हुन्छ र त्यस्तै नृत्य गरिन्छ । तर विद्यालयमा विद्यार्थीलाई आफ्नो कला, संस्कृति झल्काउने नृत्य सिकाइन्छ ।

नेपालमा नृत्य प्रशिक्षकको अवस्था कस्तो छ ?
नृत्य प्रशिक्षक भन्दैमा नाच्न आउने मात्र भएर हुँदैन । उसलाई नृत्यसम्बन्धि जानकारी हुनु पनि आवश्यक छ । यहाँ बिहान आफू नृत्य सिक्न जाने र दिउँसो विद्यालयमा गएर त्यहि नृत्य सिकाउने प्रशिक्षक पनि छन् । यस किसिमका प्रशिक्षकहरूको अनुगमन गर्नेछौँ । नृत्य प्रशिक्षक भनेपछि उ पनि दक्ष नै हुनुपर्छ । केही विद्यालयले नृत्य प्रशिक्षकलाई राम्रै पारिश्रमिक दिएपनि अधिकांश विद्यालयमा उनीहरूको तलब कम भयो भन्ने गुनासो धेरै सुनिन्छ ।
हामीले प्लेगुप्रदेखि कक्षा १ मुनिका विद्यार्थीलाई नेपाली लोक संगीतको तालमा खुट्टा चलाउन सिकाउन सक्छौँ । सारङ्गी, मादल जस्ता वाद्यवादनको धुनमा हात खुट्टा चलाउने अभ्यास गराउन सक्छौँ । कक्षा १ देखि कक्षा ३ सम्मका विद्यार्थीलाई बालगीतमा नृत्य गराउन सक्छौँ । त्यस्तै कक्षा ४ देखि ६ सम्मका विद्यार्थीलाई राष्ट्रिय गीतमा र कक्षा ७ देखि ९ सम्मका विद्यार्थीलाई नेपाली साँस्कृतिक नृत्यहरू गराउन सक्छौँ । कक्षा १० का विद्यार्थीलाई शास्त्रीय संगीतमा नृत्य गराउनुपर्छ ।

विद्यालयमा कस्ता नाचहरू सिकाइनुपर्छ?
नृत्यका प्रकारहरू हुन्छन् । हामी केही भोज, व्यायाम र रमाइलो गर्न कै लागि मात्र यत्तिकै नाच्ने गर्छौँ, त्यो अर्कै किसिमको नाच हो । जुन नसिकेर गरिएको नृत्य हो । सिकेर गरिने नृत्यलाई विभाजन गरिएको छ । नाट्य नृत्यमा नबोली हाउभाउको माध्यमबाट अभिव्यक्त गरिन्छ । परम्परागत शास्त्रीय नृत्यमा परम्परागत जस्तै कात्तिक, महाङ्काल नाच, चर्या जस्ता नाच पर्दछन् । लोक नृत्य भने जनजाति अनुसारका फरक हुन्छन् । १२५ भन्दा बढी प्रकारका जनजातिका नृत्यहरूमा हाल ६० प्रकारका नृत्य चलेका छन् भने विद्यालयमा करिब १५ प्रकारका सांस्कृतिक नृत्य बढी सिकाइने गरिन्छ । यसमा नेवारी, तामाङ, मारुनी, हुर्केली, झिझिया, साकेला, भोजपुरी आदि पर्छ ।

त्यस्तै आधुनिक भनेको सुगम संगीत हो, जुन चलचित्रमा बढी प्रयोग गरिन्छ । पाश्चात्य शैलीको नृत्यलाई आधुनिक नृत्य भन्न मिल्दैन । र अर्को अत्याधुनिक नृत्यमा पाश्चात्य शैली हुन्छ । जसमा बाजा र गितारको प्रयोग गरिन्छ । यसमा पनि २०–२५ वटा नृत्य छन् । जस्तै शाल्सा, बिबोइङ, हिपअप, समकालीन अर्थात कन्टेम्पोररी आदि । कतिपय विद्यालयमा पूर्वीय र पश्चिमा नृत्यका अलग अलग नृत्य प्रशिक्षकहरूको व्यवस्था गरिएको हुन्छ ।

हामीले प्लेगुप्रदेखि कक्षा १ मुनिका विद्यार्थीलाई नेपाली लोक संगीतको तालमा खुट्टा चलाउन सिकाउन सक्छौँ । सारङ्गी, मादल जस्ता वाद्यवादनको धुनमा हातखुट्टा चलाउने अभ्यास गराउन सक्छौँ । कक्षा १ देखि कक्षा ३ सम्मका विद्यार्थीलाई बालगीतमा नृत्य गराउन सक्छौँ । त्यस्तै कक्षा ४ देखि ६ सम्मका विद्यार्थीलाई राष्ट्रिय गीतमा र कक्षा ७ देखि ९ सम्मका विद्यार्थीलाई नेपाली साँस्कृतिक नृत्यहरू गराउन सक्छौँ । कक्षा १० का विद्यार्थीलाई शास्त्रीय संगीतमा नृत्य गराउनुपर्छ । कक्षा १० सकिएपछिका कक्षाहरूमा यदि उनीहरूले चाहे भने पश्चिमेली नृत्य गर्न सक्छन् । यसरी योजना बनाइ प्रशिक्षण गरियो भने एक जना विद्यार्थीले विद्यालय छोड्ने बेलासम्ममा नृत्यका सबै तह सिक्न पाउँछन् ।

:95 Views

Leave a Reply