शिक्षक महासचिवलाई प्रश्न : तपाइँ महासचिव भएर, नेपालका शिक्षकले के पाउँछन् त ?

नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय अध्यक्ष लक्ष्मण शर्मा, सार्कस्तरीय शिक्षकहरुको संगठन सार्क शिक्षक महासंघको महासचिव पदमा निर्वाचित भएका छन् । शर्मा यसै साता श्रीलंकामा सम्पन्न सार्क टिचर्स फेडेरेसनको अधिवेशनबाट सो पदमा निर्वाचित भएका हुन् । ६ देशका १३ भन्दा बढी संगठनहरुको प्रतिनिधित्व रहेको कार्यक्रमको उद्घाटन श्रीलंकाका शिक्षा मन्त्री अकिला विराज करियवसमले गरेका थिए । सो सम्मेलन सकाएर आएका उनीसँगको कुराकानी :

सार्क क्षेत्रका शिक्षकको अवस्था कस्तो छ त ?
मैले सार्क क्षेत्रलाई, पानी नपर्ने नोपलको मुस्ताङजस्तो ठाउँको रुपमा हेरेको छु । ंससारको एजुकेशनको छाया परेको क्षेत्र । संसारमा शिक्षा सम्बन्धि जुन सूचकमा राखेर समस्याहरुलाई सुचिकृत गरेपनि आधाभन्दा बढी समस्या हाम्रो सार्क क्षेत्रमा हुन्छ । संसारमा स्कुल नजाने केटाकेटीको कुरा गर्दा सार्क क्षेत्रबाटमात्र आधाभन्दा बढीको प्रतिनिधित्व हुन्छ । लर्निङ क्राइसिस भन्छन्, केटाकेटीले बहुत कम सिक्ने ठाउँ पनि सार्क क्षेत्र नै पर्छ । उनीहरुको सक्षमता, गुणस्तरमा पनि विवादास्पद छ ।

यसो हुनुको कारण चाहिँ के त ?
यसको मूल कारण शिक्षण नै राम्रो नहुनु हो । त्यसका लागि शिक्षकको तयारी, शिक्षकको विकास, शिक्षकको प्रोत्साहनको कुरोमा पनि संसारमा अत्यन्त समस्या भएको क्षेत्र पनि यही हो । सुरुमा शिक्षकको संख्यामा लगानी पनि कम छ । शिक्षकको संख्या कम, हाम्रो देशमा १ लाख ७ हजार हामी रेगुलर टिचर छौं । जम्मा डेढ लाख टिचर छौ । कहिले ५० कहिले ६० कहिले ७०, ७५ हजारसम्म शिक्षकको सर्टेज(अभाव) छ, भनिन्छ । हालैको दरबन्दी समितिले हेर्दा ३ हजार जति स्कुलमा शिक्षकको दरबन्दी नै छैन । २९ हजार स्कुल भएको देशमा ३ हजारमा शिक्षक नै छैन, ७ हजार चानचुनमा १ जनामात्र शिक्षक छ भनेपछि शिक्षकको यति ठुलो सर्टेज छ । त्यसकारण त्यो कार्यक्रममा नि मैले बोलेँ । यो एजेन्डालाई प्राथमिकतामा राख्नु अहिलेको सबैभन्दा ठूलो काम हो । संसारभर उनीहरु समतामूलकको कुरा गर्ने । जहाँ कमजोर छ पुगेको छैन त्यहाँ थप गर्नुपर्ने । बराबरले होइन बराबरभन्दा बढि हुनुपर्छ भन्ने । उनीहरुले समतामूलकको कुरा सिकाउने । त्यसो हो भने संसारभर शिक्षामा फन्डिङ गर्ने एजेन्सीहरु शिक्षालाई राम्रो बनाउँछु भन्नेहरु, युनेस्कोदेखि ग्लोबल एफोर्ट त संसारको आधाभन्दा बढी यहीँ लाग्नु पर्दो रहेछ । यो मुद्धा उठाउन जरुरी छ । दोस्रो कुरा १९४८ मा शिक्षालाई मानव अधिकारको एउटा अङ्गको रुपमा स्विकार गरेका छन् । मानव अधिकार मान्छु भनेर सार्कका सबै राष्ट्रले भन्छन् । युनिभर्सल ह्युमनराइट डिक्लेरेसन मान्छु भन्छन् । सीआरसीमा सही गरेका छन् । एसडीजी, एमडीजी सबैमा सही गर्छन् । तर आफ्नो तयारी एकदम कमजोर छ । त्यसैले यो देशका सरकारलाई जिम्मेवार बनाउन हामी हाम्रो गतिविधिहरु केन्द्रित गर्छौं ।

शिक्षा क्षेत्र यत्तिको भयावह रहेको चित्रण गर्नुभयो । यसको पनि कारण छ कि ?
शिक्षा सम्पूर्ण क्षेत्र होइन । हाम्रो समाज एउटा महत्वपूर्ण क्षेत्र हो । भविष्यलाई यसले प्रक्षेपण गर्छ । गरिबी एउटा कुरा होला । सबै कुरा गरिबी नै होइन । कतिपय गरिब देशहरुले पनि शिक्षा राम्रो गरेको उदाहरण छ । अर्को, राजनैतिक लिडरको कमेन्टमेन्टको कुरा होला । प्रतिबद्धताको कुरा । व्यवस्थित ढङ्गले जाने कुरा । नागरिकहरुलाई के बनाउने , कस्तो नागरिक बनाउने । शिक्षाबाट हामीले सोचेको जस्तो नागरिक बनाउने उपाय के होला भन्ने प्राथमिकता नपरेको क्षेत्र हो यो । अरु कतिपय देशले हामीसँग भएको स्रोतसाधनमध्ये सबैभन्दा ठूलो स्रोतसाधन मान्छेहरु हुन् । मान्छेमा नि बालबालिका हुन् हाम्रो देशको भविष्य । त्यहाँ लगानी गरेर भविष्य बनाउनुपर्छ भनेर जानेर लगानी गरे र सुधार नि गरे । यी चिजमा अन्यौल भएका देश चै उही अवस्थामा होला ।

यसले शिक्षककै मुद्धालाई उठाउँछ नि हैन ?
यो के हो भने । संसारमै सबैभन्दा ठूलो यो पेशाका मान्छे किन संगठित हुन्छन्, किन टे«ड युनियन बनाउँछन्? भन्दा पहिला, कनभेस्नल सिस्टम र रेगुलर सिस्टमले के भन्यो भने लगानीकर्ता, मालिक, म्यानेन्जमेन्टले राम्रो गरेपछि आफै राम्रो भै हाल्यो भन्ने थियो तर कर्मचारीले राम्रो गरेपछि राम्रो हुन्छ । उनीहरुलाई प्रोत्साहन गर्नुपर्छ । अहिलेको जमानामा मानिसलाई दबाएर, अभावमा, तर्साएर काम लगाउन सकिँदैन । उनीहरुलाई उत्साहित गरेर काम लगाउन सकिन्छ भन्ने उपाय आयो । त्यो उपाय स्थापित भयो । त्यसोभए शिक्षकलाई प्रोत्साहन गर्ने के गर्नुपर्छ भन्दा ठूलाठूला अनुसन्धान, सिद्धान्त निर्माण भए । शिक्षालाई राम्रो बनाउन शिक्षकलाई राम्रो गर्नुपर्छ भन्ने सिद्धान्तमा हामी उभिएका हुन्छौ । दक्षिण पूर्वी एसियाले दक्षिण एसियाको शिक्षामा जुन समस्या छ , यसको समस्या हल गर्न शिक्षकको समस्यालाई हल गरेमा शिक्षाको समस्या हल गर्न मद्दत हुन्छ । हामी शिक्षकका मुद्धामा बढि केन्द्रित हुन्छौं ।

शिक्षकको भूमिका महत्वपूर्ण हुने बताउनुभयो , तपाइं महासचिवको नाताले के के गर्नुहुन्छ ?
यो सार्क फेडेरेशन छुट्टै संस्था होइन । एजुकेशन इन्टरनेशनल विश्व महासंघको उपक्षेत्रीय संगठन हो । एजुकेशन इन्टरनेशनलले हाम्रो प्रतिनिधित्व विभिन्न शिक्षासम्बन्धी अन्तर्राष्ट्रिय फोरमहरु र आई एलओमा नि गर्छ । त्यसैले हामीले दिने प्रतिक्रिया, निर्णय एजुकेशन इन्टरनेशनलको सम्पत्ति बन्छ र ग्लोबल रुपमा त्यसले प्रयत्न गर्छ । यहि अब रिजिनल र सबरिजिनल क्षेत्रमा पनि हामी जस्तो सार्कमा (सार्क कै बारेमा पनि प्रश्नहरु उठिरहेका छन् ।) साझा समस्या यस्तो छ , तपाईको रेकमेन्डेसन, इनिसेटिभ कमजोर भयो , सरकारलाई सल्लाह दिनुपर्यो भनी उहाँहरुसग बसेर काम गर्छौ । त्यो बाहेक हाम्रो देशमा हाम्रा शिक्षाका लागि कन्ट्रिब्युसन गरिरहेका संस्था, नलेज मेकरहरु, मिनिस्ट्रिलाइलाई यहाँका शिक्षक सगंठनहरुको प्रभावकारिता बढाउँदै, सपोर्ट गर्दै झस्काउदै हामी अगाडि लाग्छौं । यो अहिले २ वर्ष २ वटा कुरामा केन्द्रित गर्छौ । एउटा बालबिकास तहका शिक्षकका मामिला र निजी विद्यालयका शिक्षकका मामिलामा कार्यक्रम बनाएर अगाडि बढदै छौ ।

तपाई महासचिव हुनुभएको छ , यसले नेपालका शिक्षकले के पाउँछन्?
इसिडिको शिक्षकहरुको हामी सार्क क्षेत्रमै गतिविधि अगाडि बढाउँछौं । नेपालका शिक्षक संगठनहरुलाई सार्कका अनुभवहरु आदानप्रदान गर्दै मोबिलाइज गर्नेमा टेक्निकल सहयोग गर्छौ । हामी लिडरसिपका विकासका काम गर्छौ जसले यहाँको शिक्षक संघलाई मद्धत हुन्छ । सार्क शिक्षक फेडेरेशनको कार्यलय सचिवालय काठमाडौमा स्थापना हुन्छ । त्यहाँ बसेर सार्क क्षेत्रका शिक्षाका मुद्धाहरु र शिक्षकको मुद्धाहरुलाई अध्ययन गर्ने र शिक्षक आन्दोलनलाई बल दिन्छौं ।

:1267 Views

Leave a Reply