#bageswori

वागीश्वरीमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

भक्तपुर, १२ असोज । वागीश्वरी कलेज तथा माविमा अध्यापनरत शिक्षकहरुबीच विजया दशमीको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि वागीश्वरी कलेज व्यवस्थापन समितिका अध्यक्ष तथा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले रक्षामन्त्रीद्वारा भक्तपुर नगरपालिका वडा नं. १ सल्लाघारीस्थित १०८ रोपनी जग्गा...

बागीश्वरीमा बृहत शिक्षक भेला सम्पन्न

भक्तपुर । वागीश्वरी कलेज र वागीश्वरी माविको कक्षा ११ र १२ मा अध्यापनरत शिक्षक शिक्षिकाहरुको भेला शनिवार सम्पन्न भयो । विद्यालय तथा कलेजको आ.व. २०७६/०७७ को बजेट, भावी नीति तथा कार्यक्रम तथा स्नातक र स्नातकोत्तर तहको कक्षा सञ्चालनबारे छलफल गर्न उक्त भेला आयोजना गरेको...

वागीश्वरीमा Academia-Industry Dialogue सम्बन्धी कार्यक्रम सुरु

भक्तपुर– वागीश्वरी कलेजको आयोजनामा विश्वविद्यालय अनुदान आयोगको सहयोगमा Academia-Industry Dialogue कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि वागीश्वरी कलेज व्यवस्थापन समितिका अध्यक्ष तथा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरको मुख्य स्रोत पर्यटन उद्योगलाई अगाडि बढाउन युवाहरुलाई चिनिया भाषा र पर्यटन पथप्रदर्शकको...

वागीश्वरी हीरक वर्षको अवसरमा कबड्डी शुरु

भक्तपुर– वागीश्वरी मावि च्याम्हासिंहको हीरक वर्षको उपलक्ष्यमा आमन्त्रण छात्र छात्रा कबड्डी प्रतियोगिता शुरु भएको छ । काठमाडौं, भक्तपुर र काभ्रे जिल्लाका विभिन्न दशवटा विद्यालयका छात्रछात्राहरु सहभागी भएको उक्त प्रतियोगिताको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले उद्घाटन गर्दै खेल मित्रता, अनुशासनका साथै देशभक्ति भावनाको विकासका लागि...