#kite flying experience

चङ्गा र चस्काहरू

दिनभरि चङ्गा उडाएर बरालियो भनेर लट्टाई, धागो र चङ्गा अगेनामा हालेर डढाई दिएछन् । चङ्गा र लट्टाई बनाउँदा ब्लेडले काटेका मेरा औँलाहरूमा आला चोटहरू बाँकी नै थिए । चङ्गा, धागो र लट्टाई आगोमा ह्वारह्वारी बलेको काल्पनिक दृश्य मेरो आँखा वरिपरि आयो । मुटुमा कुन्नि...