#sudesha school

साँस्कृतिक विविधतामा सुदेशा स्कुलको खोज

ललितपुर । सुदेशा स्कुल पाठ्यक्रमको पूर्ण रुपमा व्यवहारीक प्रयोग गर्दै विद्यार्थीहरुमा ज्ञान, सिप र व्यवहारको विकास गर्नको निम्ति सदैव तत्पर विद्यालय हो । यसै पाठ्यक्रमको व्यवहारीक पक्षको सिकाई सिक्ने क्रममा कक्षा ४ र ५ का विद्यार्थीहरुले हाम्रो साँस्कृतिक विविधता भन्ने कार्यक्रम प्रस्तुत गरेका छन्...

सुदेशाका विद्यार्थीले प्रकृतिसँगको सम्बन्ध सिके

ललितपुर | कक्षा यूकेजीका भाइबहिनीहरूलाई मिसले बिरुवाका बारेमा पढाउनु थियो । नानीहरूले माटो खने । डल्ला फुटाए । माटो मसिनो बनाए । सम्याए । माटोमा बिरुवा उम्रन्छ भन्ने कुरा शिक्षकले सिकाउनु थियो । यो सबै काम गर्दा बच्चाहरू कम्ती रमाएनन् । अनि नानीहरूले आ—आफ्नो...

सुदेशामा स्काउट दिक्षान्त सम्पन्न

ललितपुर । सुदेशा स्कुलले बालबालिकाको चौतर्फि विकासको लागि विविध क्रियाकलापहरु संचालन गर्दै आएको छ । स्काउटको मर्म अनुसार समाजसेवी, सुयोग्य, चरित्रवान, मिलनसार, स्वावलम्बि नागरिक बनाउने उद्देश्यका साथ सुदेशा स्कुलमा २०६६ सालदेखि स्काउट कक्षा संचालन हुँदै आएको छ । आज १० औ दिक्षान्त समारोहमा स्काउट...

विद्यालय र समुदायमा सरसफाई बारे सुदेशाका विद्यार्थीको प्रस्तुती

ललितपुर, १२ भदौँ । ललितपुरको सुदेशा स्कुलमा ‘एकता टोल सरसफाई कार्यक्रम समिक्षा र प्रस्तुतीकरण’ कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सुदेशा स्कुलको कक्षा ४ का नानिबाबुहरुले आफ्नो विद्यालय र समुदायलाई कसरी सफा राख्ने र फोहोर व्यवस्थापनसम्बन्धि अध्ययन प्रतिवेदन प्रस्तुत गरेका थिए । विद्यार्थीले यसअघि...

सुदेशामा विद्यार्थीको १०० दिन, विद्यार्थी भन्छन् हाम्रो विद्यालय उत्कृष्ट

ललितपुर । ललितपुर नख्खुस्थित सुदेशा स्कुलका कक्षा १ का २८ जना विद्यार्थीहरुले स्कुल आउन थालेको १०० औँ दिन मनाएको छन् । परम्परागत पोशाकमा सजिएर विद्यार्थीहरुले १०० औँ दिन मनाएका थिए । विद्यार्थीहरुले नाचेर, गाएर, सामूहिक फोटो खिचेर १०० औँ दिनलाई भव्यताका साथ मनाएका थिए...

‘कसैले सरापेर निजी स्कुल बन्द हुने र ब्रत बसेर यिनीहरूको आयु लम्बिने हैन’

निजी शिक्षा क्षेत्र विजयी क्षेत्र हो। यसको डाहा गर्नेहरू छन् तर हामी हतोत्साहित हुनु भएन। आफ्नो यात्रा निरन्तर अगाडी बढाउनु पर्दछ। सँगसँगै हामीलाई आलोचना गर्नेहरूका आलोचनामध्ये रचनात्मक कुराहरूलाई ग्रहण गर्दै तिनलाई धन्यवाद दिँदै आफूलाई अनुकुलन गर्दै अगाडी बढ्नुपर्दछ।