जस्ट पासवाला शिक्षक बन्न आएपछि…

चन्द्र तामाङ

अकबर: शैक्षिक गुणस्तर सुधार्ने हो भने विगतमा एसएलसीमा फस्ट डिभिजन ल्याएको र अहिले ए प्लस ल्याउनेलाई मात्रै शिक्षक बनाउनुपर्छ । नजान्ने थर्ड र सेकेन्ड डिभिजनवाला शिक्षकले पढाएर कहाँ विद्यार्थी जान्ने बनाउन सक्छ र ? स्कुल बिगार्ने त स्थायी शिक्षकहरु नै हो ।
बिरबल: त्यसो भन्ने हो भने तपाइले शिक्षा ऐन र नियमवाली संशोधन गरेर आउनुस् । फस्ट डिभिजनवाला मात्रै नियुक्ती गर्न सक्ने प्रावधान बनाउनु ।

विगतको दशवर्ष अघिसम्म प्रा. शि. तथा थर्ड डिभिजनवाला प्र अ, सहायक प्र अ र एक जना पनि फस्ट डिभिजनवाला र डिग्रीवाला शिक्षक नभएको बेलामा ८५ प्रतिशतसम्म पास भएर डाक्टर र इन्जिनियर बनेको स्कुल गएको दशाब्दीमा तपाईं लगायतका एक दुई जना फस्ट डिभिजनवाला र आधा दर्जन डिग्रीवाला शिक्षक थपेपछि किन गुणस्तर, खस्कियो ? समीक्षा गरौं ।

७०/८० प्रतिशतबाट खस्केर किन ३–४प्रतिशतमात्रै पास हुने बन्यो ? गुणस्तर शिक्षकको नियत र मेहनतमा भर पर्छ । गुरुको प्राप्ताङ्क र डिभिजनमा मात्रै भर पर्दैन । पढेको भन्दा किनेको प्रमाणपत्रमा बढी प्राताङ्क हुनेगर्छ ।

जिशिअ, बिनि, विषयगत विज्ञ र अरु समेतको रोहबरमा विषयगत र कक्षागत समीक्षा गरौं । हरेक साल थर्ड डिभिजनवाला शिक्षकहरुको विषयमा ५० देखि ९५ प्रतिशत विद्यार्थी पास भएको छ भने तपाइको विषयमा प्राय २ देखि ६५ मात्रै ३० प्रतिशतमाथि ल्याएको पास छ ।

अरु विषयमा ९९प्रतिशतसम्म प्राप्ताङ्क छ भने तपाइको विषयमा ५ देखि ४५प्रतिशतमात्रै बढी छ । विद्यार्थीको प्राप्ताङ्क तुलना गरौं । शिक्षकको प्राप्ताङ्कमा सफलता खोज्नु गलत हो । शिक्षाको गुणस्तर गुरुको योग्यता वा प्राप्ताङ्कमा खोज्नु पागलपन हो । शिक्षकको प्राप्ताङ्क, सृजनशिलता, भिजन, कला र कार्य क्षमता समेतको मेहनतले तयार भएको विद्यार्थीको प्राप्ताङ्कमा खोजौं ।

फस्ट डिभिजन र ए प्लस ल्याउने प्रायः विद्यार्थी शिक्षक बन्न आएको नै देखिन्न । नगन्य मात्रामा आएको पनि प्रायः ट्याबे वा हाफमाइन्ड वा चोरेर एसएलसीमा राम्रो अङ्क आएको वा बदमास भएर हरेक जाँचमा फेल हुँदै पटके बनेर जस्ट पास भएकोले कहि नबिकेपछि मात्रै शिक्षक बन्न आएको देखिन्छ ।

राम्रो पढेर फस्ट डिभिजन ल्याउनेहरु त प्रायः डाक्टर, इञ्जिनियर, पाइलट, लोकसेवा पास गरेर हाकिम वा सचिव बन्न गएको देखिन्छ । कैयौं विदेश ती राम्रो रोजगारमा देखिन्छ । कहिँकतै नाम निकाल्न नसकेको र शिक्षकमा समेत स्थायी बन्न नसक्नेहरुले साथीहरुलाई होच्याइरहनु राम्रो होइन । टिम वर्कमा सबैको समन्वय र सहकार्य बढाएर गुणस्तर बढाउन सक्नु महानता हो । सफलता हो । पेशादेखि सामाजिक, आर्थिक, धार्मिक र अ्न्य संघसंस्थाहरु समेत प्रायः सबैमा असफल भएको र एक्लो बनेको व्यक्तिले आफ्नो दर्जनांै असफलता र अवगुण सुधार नगरी अरुको दुई तीनवटा अवगुण मात्रै हेर्नू राम्रो हो त ?

लामो समय प्रशासकको अवसर तथा सबैको साथ पाउँदा पनि कार्यकुशलता देखाउदै सफल बन्न नसक्ने , पक्षपाती, अहमता, दमन, गुटबन्दी, सिमित स्वार्थ र राजनितिकरण आदि बढाएर जिम्मेवारी निभाउन नसक्ने व्यक्ति को हो ? पानी माथिको ओभानो नबन्नु । हत्केलाले सुर्यलाइ छोप्ने दुष्प्रयास नगर ।

तिसौं वर्षको शिक्षण सेवामा पटकपटक स्थायीमा नाम निकाल्न नसक्नेले दोष जति स्थायी शिक्षकहरु र सेकेन्ड तथा थर्ड डिभिजनवालामाथि मात्रै दोष लगाउनु पागलपन मात्रै हो । हिम्मत छ भने निष्पक्ष रुपमा समीक्षा र तुलना गरौं । प्रत्यक्ष र अप्रत्यक्ष रुपमा निरन्तर छेडछाड नगरौं ।

तामाङको फेसबुकबाट ।

:942 Views

One thought on "जस्ट पासवाला शिक्षक बन्न आएपछि…"

  1. सत्य राम कासिछ्वा says:

    पहिलो श्रेणी ल्याउने ले शिक्षा संकायमा अध्ययन गर्नुपर्ने एेन ल्याई कार्यान्वयनमा जोड दिनुपर्छ ।

Leave a Reply