टेटे प्रतियोगितामा प्रोक्सिमा प्रथम, प्रभात द्धितीय र एभरेष्ट तृतीय

भक्तपुर १ असोज । भक्तपुर जिल्ला टेबुल टेनिस संघको आयोजनामा भएको दशौं अन्तर विद्यालय रनिङ्ग शील्ड प्रोक्सिमा ईन्टरनेशनल एकेडेमीले कब्जा गरेको छ ।

प्रतियोगितामा सो स्कुलले ७ स्वर्ण ३ काश्य प्राप्त गरी प्रथम भई रनिङ्ग शील्ड हात पारेको हो । त्यस्तै १ स्वर्ण २ रजत तथा ४ काश्य प्राप्तगरी प्रभात सेकेण्डरी स्कुल टीम दोश्रो तथा ३ रजत तथा ३ काश्य प्राप्त गरी एभरेष्ट ईङ्लिश स्कुल टिम तेश्रो हुन सफल भएका छन् ।

गल्स सिगल्स १२ बर्ष मुनीको खेलमा दिया देउला(प्रोक्सिमा ईन्टरनेशनल एकेडेमी) प्रथम, शलिना लामा (बाल विकास ) तथा प्रदिपा सुवाल (प्रभात मावि) र सचिना श्रेष्ठ (बाल विकास) संयुक्त रुपमा तृतीय हुन सफल भएका छन् ।

गल्स सिगल्स १६ बर्षमुनीको स्पर्धामा आरति सुवाल (प्रभात मावि) प्रथम, जननी श्रेष्ठ (जेन्युईन सेकेण्डरी) दोश्रा क्यारीना सुवाल (प्रभात मावि) मन्जीला तामाङ्ग (प्रोक्सिमा) संयुक्त रुपले तृतीय हुन सफल भएका छन् ।

व्वाईज सिगल्सतर्फको स्पर्धाअन्तर्गत १२ बर्षमुनीमा रोमन थापामगर (प्रोक्सिमा )प्रथम, करण कपाली (विद्या आर्जन) दोश्रो न्यनिश सुवाल (द राइजिङ्ग स्कुल) तथा सफल तामाङ्ग (प्रोक्सिमा) संयुक्त रुपले तेश्रो हुन सफल भए ।

व्वाईज सिगल्स १६ बर्ष मुनीको खेलमा रेखान तामाङ्ग (प्राक्सिमा) प्रथम सुजल प्रधानाङ्ग (एभरेष्ट स्कुल दोश्रा तथा सफल अवाल (प्रभात ) आकाश सुवाल (एभरेष्ट)तेश्रो हुन सफल भएको आयोजकले जनाएको छ ।

व्वाईज डबल्समा रेखान र रोमन (प्रोक्सिमा) प्रथम, रियाज र सुजल (एभरेष्ट) दोश्रो तथा आकास र रजत (एभरेष्ट ) र दिपेश र सफलको जोडी संयुक्त रुपमा तृतीय हुन सफल भयो भने मिक्स डबल्सतर्फ रेखान र दिया (प्रोक्सिमा) प्रथम, सफल र आरती (प्रभात मावि) दोश्रो तथा रोमन र मन्जिला (प्रोक्सिमा) र विज्ञम र जननी (जेन्युईन)को जोडी संयुक्त रुपले तृतीय भएका छन् । लेडिज डबल्सतर्फ दिया देउला र मन्जिला तामाङ्ग (प्रोक्सिमा) प्रथम, आरति सुवाल र प्रदिपा सुवाल (प्रभात मावि) दोश्रो तथा सलिना लामा र सचिना श्रेष्ठ (बाल विकास) जननी र सविक्षा (जेन्यूईन)को जोडी तृतीय भएका छन् ।

व्वाईज टिम ईभन्टतर्फ प्रोक्सिमा ईन्टरनेशनल प्रथम, एभरेष्ट ई.स्कुल दोश्रो ,हिमालयन ग्लोरी र जेन्युईन संयुक्त रुपले तृतीय हुन सफल भयो ।

पुरुष खुल्ला विधामा कृष्ण थापमागर प्रथम राजिव चिंकबन्जार दोश्रो ,विवेक कवां, ,रविन साँध संयुक्त रुपमा तेश्रो भयो भन्ने लेडिज सिगल्स खुल्ला तर्फ अन्जु सुवाल भिन्तुना साकोस प्रथम, मन्जु सुवाल भिन्तुना साकोस दोश्रो तथा दिया देउला(प्रोक्सिमा) र मनिषा सुवाल(भिन्तुना साकोस) संयुक्त रुपमा तृतीय हुन सफल भयो ।

४० बर्ष माथिको भेट्रान्स तर्फ विरेन्द्र कर्माचार्य ,पद्म मावि प्रथम राजकुमार लघु २ वडा खेलकूद समिति दोश्रो तथा कृष्णप्रसाद सुवाललाई कृष्णप्रसाद कोजु संयुक्त रुपले तेश्रो हुन सफल भयो ।

उक्त प्रतियोगितमा श्रजल भोमी (द राइजिङ्ग स्कुल), विक्की याकामी (सामुदायिक मावि), रुजी प्रजापति (जेनिथ) तथा पुर्णिक अवाल (हिमालयन ईङ्गलिश स्कुल) उदयमान खेलाडी घोषित भयो भने अनुशासित विद्यालयमा माउण्ट भ्याली स्कुल हुन सफल भयो । त्यस्तै स्वर्ण पदक विजयको आधारमा प्रोक्सिमाका रेखान तामाङ्ग तथा प्रोक्सिमाकै दिया देउला उष्कृट खेलाडी घोषित भयो ।

विजयी खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सुदिल शाही, एभरेष्ट ईङ्लिश स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारी लगायतले प्रमाण पत्र तथा ट्रफी वितरण गरेका थिए ।

:794 Views

Leave a Reply