विद्यालयस्तरीय प्रतियोगिता जारी

भक्तपुर ३० भदौ । भक्तपुर जिल्ला टेबुल टेनिस संघको आयोजनामा भएको दशौं अन्तर विद्यालय रनिङ्ग शिल्ड तथा खुल्ला टेबुल टेनिस प्रतियोगिताको दाश्रो दिन विभिन्न विधाका खेल भएका छन् ।

गल्र्स सिगल्स १२ बर्ष मुनिको खेलमा दिया देउला(प्रोक्सिमा ईन्टरनेशनल एकेडेमी) प्रथम, शलिना लामा –बालविकास ) तथा प्रदिपा सुवाल –प्रभातमावि र सचिना श्रेष्ठ बालविकास संयुक्त रुपमा तृतीय हुन सफल भएका छन् ।

गल्स सिगल्स १६ बर्षमुनिमा आरति सुवाल –प्रभातमावि) ले मन्जीला तामाङ्ग –प्रोक्सिमा) लाई तथा जननी श्रेष्ठ –जेन्युईन सेकेण्डरी) ले क्यारीना सुवाल –प्रभात मावि)लाई पराजित गरी फाईनल चरणमा प्रबेश गरेका छन् ।

व्वाईज सिगल्स १२ बर्ष मुनीमा करण कपाली (विद्याआर्जन)ले न्यनिश सुवाल –द राईििजङ्ग) लाई तथा रोमन थापामगर (प्रोक्सिमा )ले सफल तामाङ्ग –प्रोक्सीमालाई पराजित गरी फाईनलमा पुगेका छन् ।

व्वाईज सिगल्स १६ बर्ष मुनीको खेलमा रेखान तामाङ्ग –प्रोक्सिमा)ले सफल अवाल(प्रभात )लाई तथा सुजल प्रधानाङ्ग –एभरेष्ट स्कुल)ले आकाश सुवाल(एभरेष्ट)लाई पराजित गरी फाईनलमा प्रवेश गरेका छन् । त्यस्तै व्वाईज डवल्समा रेखान र रोमन –प्रोक्सिमा) प्रथम, रियाज र सुजल –एभरेष्ट) दोश्रो तथा आकास र रजत –एभरेष्ट ) र दिपेश र सफलको जोडी संयुक्त रुपमा तृतीय हुन सफल भएका छन् ।

यता मिक्स डबल्सतर्फ रेखान र दिया(प्रोक्सिमा) प्रथम, सफल र आरती(प्रभातमावि) दोश्रो तथा रोमन र मन्जिला –प्रोक्सिमा)र विज्ञम र जननी –जेन्युईन)को जोडी संयुक्त रुपले तृतीय भएका छन् । लेडिज डबल्सतर्फ दिया देउला र मन्जिला तामाङ्ग –प्रोक्सिमा) प्रथम, आरति सुवाल र प्रदिपा सुवाल(प्रभातमावि) दोश्रो तथा सलिना लामा र सचिना श्रेष्ठ –बालविकास) जननी र सविक्षा –जेन्यईन)को जोडी तृतीय भएको आयोजकले जनाएको छ ।

व्वाईज टिम ईभन्टतर्फ प्रोक्सिमा ईन्टरनेशनल प्रथम, एभरेष्ट ई.स्कुल दोश्रो ,हिमालयनग्लोरी र जेन्युईन संयुक्त रुपले तृतीय भएका छन् ।

पुरुष खुल्लाविधामा राजिव चिंकबन्जार, विवेक कवां, कृष्ण थापमागर ,रविन साँध आआफनो प्रतिद्वन्द्वीहरुलाई पराजित गरी फाईनल चरणमा प्रबेश गरेका छन् भने लेडिज सिंगल्स खुल्लातर्फ अन्जु सुवाल भिन्तुना साकोस प्रथम, मन्जु सुवाल भिन्तुना साकोस दोश्रो तथा दिया देउला(प्रोक्सिमा) र मषिसा सुवाल(भिन्तुना साकोस) संयुक्त रुपमा तृतीय भएका छन् ।

४० बर्ष माथिको भेट्रान्सतर्फ राजकुमार लघुले कृष्णप्रसाद सुवाललाई तथा वीरेन्द्र कर्माचार्यले कृष्णप्रसाद कोजुलाई पराजित गरी फाईनल चरणमा छिरेका छन् ।

प्रतियोगिताको फाईनल खेल तथा पुरस्कार वितरण समारोह भाद्र ३१ गते दिनको २ बजे राष्ट्रिय खेलकुद परिषदका सदस्य सुदिल शाही र एभरेष्ट ईङ्लिश स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीको उपस्थितिमा हुने प्रतियोगिता संयोजक ईन्द्रभक्त पंचले जानकारी दिए ।
प्रतियोगिता एभरेस्ट इङ्लिश स्कूलको मुख्य प्रायोजनमा भइरहेको छ ।

 

:704 Views

Leave a Reply