टग अफ वारमा नेक्ससको वर्चस्व

काठमाडौं ११ असोज । काठमाडौं जिल्लाव्यापी विद्यालयस्तरीय डोरी तान्ने प्रतियोगिता भएको छ । जिल्लाका १५ विद्यालयका १५ छात्र र १५ छात्राका जम्मा ३० समूह सहभागिता थिए ।

नेपाल टग अफ वार(तान डोरी ) जिल्ला कार्यसमिति काठमाडौको आयोजनामा भएको प्रतियोगितामा नेक्सस  इन्टरनेशनल स्कुल प्रथम भएको छ । छात्र र छात्रा गरी भएको छुट्टाछुट्टै स्पर्धामा नेक्ससकै वर्चस्व रह्योे ।

स्पर्धाअन्तर्गत छात्र समूहमा सांग्रिला पब्लिक दोस्रो र एम्बिसन एकेडेमी तेस्रो भएका थिए । छात्रा समूहबाट आकाशदेव स्कुल दोस्रो र प्रितिमा स्कुल तेस्रो भएको थियो ।

पहिलो, दोस्रो र तेस्रो भएका विद्यार्थीलाई तान डोरी संघका केन्द्रीय अध्यक्ष भवानीप्रसाद पौडेलले शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए ।
कार्यक्रम फेका काठमाडौको संयोजनमा भएको संघका केन्द्रीय सचिव देवी घिमिरेले जानकारी दिए ।

:521 Views

Leave a Reply